थाइल्यान्डबाट दु:ख मनाउ गर्दै पूर्वराजा ज्ञानेन्द्र
प्रकासित मिति : २०७४ श्रावण ३१, मंगलवार ००:३५
प्रकासित समय : ००:३५
पूर्वराजा ज्ञानेन्द्र शाहले तराइमा आउको बाढीबाट धनजनको क्षति भएकोमा दुख व्यक्त गरेका छन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।
थाइल्यान्डमा रहेका शाहले विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि परेको अबिरल बर्षाले देशको तराईलगायत विभिन्न भू भागमा आएको बाढी र पहिरोजस्ता प्राकृतिक प्रकोपले क्षति पुर्याएकोमा गम्भीर चिन्ता व्यक्त गर्दै विज्ञप्तिको यस घडीमा उक्त क्षेत्रका जनतालाई राहात एवं उपचार उपलब्ध गराउन सबैलाई आग्रह गरेका छन् ।