थामिएन राहत बाँड्नेको आँशु , भोक र त्रासको राज
प्रकासित मिति : २०७४ श्रावण ३१, मंगलवार ००:४०
प्रकासित समय : ००:४०
सोमबार दिउँसो ३ बजे २० बारो चिउरा १५ बोरा भुजा र हजार पोका चाउचाउ बोकेर पर्साको भेलहा पुगेका हरिनारायण रौनियारका आँखा रसाए । उनी आँसु रोक्न नसकेर भीडभन्दा टाढा पुगे ।
दुई दिनदेखि चुला नबलेको गाउँमा सरकारी संयन्त्रको राहत सामग्री पुगेको छैन । बाढीको पानी ओरालो लागिसके पनि घरसंगै भान्सा अन्न, भाँडाकुँडा सबै हिलाम्य छन् ।
निर्माण ब्यवसायी रौनियारले राहत सामग्री पुर्याएपछि बृद्धदेखि बालकसम्मले लुछाचुँडी सुरु गरे । करिब २० बसे एक युवकले रौनियारलाई भने लाई बेस्सरी भोक लागेको छ ।, यो खबर आजको नागरिकमा छ ।