जागिर नपाएपछि पाइलटले खोले पेट्रोलपम्प
  प्रकासित मिति : २०७४ श्रावण ३०, सोमबार ०१:२१ 
प्रकासित समय : ०१:२१
                                    
															अहिले मुलुकमा धेरै विमान कम्पनी सञ्चालनमा छन् । ती कम्पनीले पाइलट नपाएर विदेशबाट ल्याउनुपर्ने अवस्था छ । तर, यहाँ भएका पाइलटले जागिर नपाएर अन्य व्यवसाय गर्न बाध्य छन् । आजको अन्नपूर्ण पोस्टमा खबर छ । नेपालगञ्जका अभयकुमार टण्डन पाइलट हुन् तर अहिले उनी पेट्रोल पम्प सञ्चालन गरिरहेका छन् ।

पाइलट अध्ययन गर्न ३० बर्षीय अभयले ६० लाख रुपैयाँ खर्च गरे । अस्ट्रेलियाबाट अध्ययन गरी नागरिक उड्ययन प्राधिकरणले लिएको लाइसेन्स परीक्षा पनि पास गरे तर उनले जहाज उडाउन भने पाएनन् ।


 
																					