जब ८ वर्षे कमलको शव पुर्ने ठाउँ नपाएर नदिमा बगाइयाे…
प्रकासित मिति : २०७४ श्रावण ३०, सोमबार १०:२६
प्रकासित समय : १०:२६
अविरल वर्षापछि आएको बाढीले ६६ भन्दा बढीको मृत्यु भयो । उनीहरु मध्ये एक हुन् सप्तरी कोइलाडी ६ का ८ वर्षीय कमल सदा । निरन्तर वर्षाले विरामी भएका उनको आइतबार मृत्यु भयो । परम्परा अनुसार मृतक बालकको शव पुर्ने पर्ने हो । तर, जलमग्न भएको गाउँमा कमलको शव पुर्ने ठाउँ परिवारले पाएन ।
परिवारका सदस्यहरुले उनको शवलाई कोशी नदीमा बहाइदिने निर्णय गरे । यो तस्वीरमा देखिएका देवकुमार सदा बालकका काका हुन् । उनले कमलको शवलाई कोशीमा बहाइदिए । यो तस्वीर युरोपियन प्रेस एजेन्सी (ईपीए)का फोटो पत्रकार नरेन्द्र श्रेष्ठले खिचेका हुन् ।