उमेर ढाँट्ने प्रहरी फन्दामा : नागरिकतामा फरक-फरक जन्ममिति
प्रकासित मिति : २०७४ श्रावण २९, आईतवार ०१:०६
प्रकासित समय : ०१:०६
डेढ बर्ष अघि नै सेवाबाट अनिवार्य अवकास पाउनुपर्ने एक प्रहरी अधिकृतले उमेर ढाँटेर डीएसपीमा बढुवासमेत पाएका छन् । हालै गृह मन्त्रालयले बढुवा गरेको सूचीमा परेका बल्लभबहादुर सिंहले फरक फरक जिल्लाबाट फरक मितिमा नागरिकता जारी गरेको फेला परेपछि प्रहरी किताबखानाले सिंहमाथि कारबाही गरेको छ ।
सिंहले प्रहरी किताबखानामा पेस गरेको नागरिकतामा जन्ममिति २०१६ उल्लेख छ । नागरिकता हराएपछि कामको सिलसिलामा कालिकोट पुगेका उनले त्यहाबाट लिएको प्रतिलिपि नागरिकतामा जन्ममिति २०१८ साल उल्लेख छ ।
उनको बढुवा रद्द गर्ने तयारी प्रहरी प्रधान कार्यालयले गरेको खबर आजको नेपाल समाचारपत्रमा छ ।