भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको भेटपछि राजपा र सरकारबीच नयाँ सहमति

सरकार र आन्दोलतरत राष्ट्रिय जनता पार्टीविच संविधान संसोधन विद्येयक अघि बढाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयकलाई संसदीय प्रक्रिया अनुसार अघि बढाउने सहमति भएको हो ।

विद्येयक पारित गराउन सबै राजनीतिक दलहरुसँग छलफल गरेर सरकारले इमान्दार प्रयास गर्ने तर भोटिङको क्रममा असफल भएपनि नतिजा स्विकारेर आगामि निर्वाचनमा सहभागि हुने सहमति भएको राजपा अध्यक्ष मण्डलका नेता सरदसिंह भण्डारीले जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी स्वराजले प्रधानमन्त्रीको सन्देशसहित राजपा नेताहरुलाई ति विषयहरुमा भारतको आधिकारिक धारणा बताउने बताईएको छ । यसैबीच नेपाल भ्रमणमा रहेकी भारतीय विदेशमन्त्री शुष्मा स्वराज र राष्ट्रिय जनता दल नेपालका शिर्ष नेताहरुविच भेटवार्ता भएको छ ।

भेटवार्ताको लागि स्वराजले आफू बसेको होटल सोल्टीमा रात्रीकालिन खानासहित उनीहरुलाई बोलाएकी हुन् । भेटको लागि राजपा अध्यक्ष मण्डलका नेताहरु महन्थ ठाकुर, महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिल झा, राजकिशोर यादवसहितका नेताहरु होटल सोल्टी पुगेका छन । भेटवार्तामा नेपालमा संविधान संसोधनको मुद्दा, राजपाले उठाईरहेको मागहरु र निर्वाचनको विषयमा छलफल हुने महेन्द्र राय यादवले जानकारी दिए । भारत संविधान संसोधन भएर राजपासहित निर्वाचन हुनु पर्ने पक्षमा छ ।