फिफा विश्व वरियतामा नेपालको सुधार, शीर्ष स्थानमा ब्राजिल

फिफाको विश्व वरियतामा नेपालको एक स्थान बढुवा भएको छ । फिफाले बिहीबार सार्वजनिक गरेको वरियता अनुसार, नेपाल एक सय ७० औं स्थानबाट एक सय ६९औं स्थानमा उक्लिएको हो ।

नयाँ वरियता अनुसार, नेपालको दक्षिण एसियामा भने पाँचौं स्थानमै यथावत रहेको छ । नेपालभन्दा अघि भारत, माल्दिभ्स, अफगानिस्तान र भुटान छन् ।

बरियताको शीर्ष स्थानमा जर्मनीलाई पछि पार्दै ब्राजिल पुगेको छ । त्यस्तै अर्जेन्टिना तेस्रो स्थानमा यथावत छ । त्यस्तै चौथोबाट क्रमशः स्विजरल्याण्ड, पोल्याण्ड, पोर्चुगल, चिली, कोलम्बिया, बेल्जियम र फ्रान्स दशौंमा छन् ।