अब सजाय पनि किस्ताबन्दीमा
प्रकासित मिति : २०७४ श्रावण २७, शुक्रबार ००:५५
प्रकासित समय : ००:५५
व्यवस्थापिका संसद बैठकले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) विधेयक २०७४ लाई सर्वसम्मतिले पारित गरेको छ । जसअनुसार अब जेल सजाय पाएकाहरुले किस्ताबन्दीमा सजाय भुक्तान गर्न सक्नेछन् । उनीहरुले शनिबार वा रातिमात्र जेल बसे पनि पुग्नेछ ।
उक्र विधेयकको दफा २७ मा सप्ताहको अन्तिम दिन वा रात्रिकालीन समयमा मात्र कारागारमा बसी कैद भुक्तान गर्न सकिनेबारे उल्लेख छ ।एक बर्षसम्म कैद निर्धारण भएको कसुरदाताले मात्र यस्तो सुविधा पाउनेछन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।