मेलम्ची पुगेर प्रधानमन्त्रीले दिए यस्तो निर्देशन
प्रकासित मिति : २०७४ श्रावण २६, बिहीबार ०१:००
प्रकासित समय : ०१:००
सिन्धुपाल्चोक – प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी आयोजनाको काम तीव्ररुपमा अघि बढाउन निर्देशन दिएका छन् ।
बुधबार मेलम्ची खानेपानी आयोजनाको थलगत निरीक्षणको क्रममा मेलम्ची आइपुगेका उनले आयोजनाको काम यथाशिघ्र सम्पन्न गर्न निर्देशन दिए ।
हेलिकोप्टरबाट यस क्षेत्र आएका प्रधानमन्त्रीले केनै पनि बहानामा आयोजनाको काममा ढिलाई गर्न नहुने बताएको खबर आजको नेपाल समाचारपत्रमा छ ।