कर्मचारी भए फुर्सदिला इतिहास बन्दै हुलाक सेवा

कुनै समय बिहान १० बजेदेखि ५ बजेसम्म अर्थात कार्यालय हाजिर भएदेखि बिदा नभएसम्म व्यस्त रहने हुलाक कार्यालयका कर्मचारीहरु हिजो आज निकै फुर्सदिला देखिन्छन् ।

निजी क्षेत्रबाट कुरियार सेवा तथा मोबाइल इमेल, इन्टरनेटजस्ता आधुनिक प्रविधिको विकासले छलाङ मारेसँगै हुलाकका कर्मचारीहरु फर्सदिला भएका हुन् । न कार्यालयमा कसैको चिट्ठी आउँछ नत चिट्ठि पठाउनका लागि भ्याईनभ्याई नै हुन्छ । आजको नेपाल समाचारपत्रमा खबर छ ।