को हुन ? त्रिबेणी गजल सन्ध्यामा उभिने तिनजना युवा गजलकार

राजधानीमा यसरी चल्दैछ ५,६ र ७ नंबर प्रदेशकाे जुहारी

गुड लिंक मिडिया प्रालि र kusenews.comले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान”अन्तर्गत राजधानीमा बेग्लै कार्यक्रम गर्ने भएकाे छ । अघिल्लाे महिना युगल गजल साँझ गरेकाे मिडियाले यसपटक त्रिबेणी गजल सन्ध्या अायाेजना गर्ने भएकाे छ । काठमाडाैकाे अनामनगर स्थित संबाद डबलिमा शनिबार दिउसाे १२ बजे  त्रिबेणाी गजल सन्ध्या ५,६ र ७ नं प्रदेशका  युवा तथा हाेनाहार गजलकारहरूकाे उपस्थिति रहेनछ ।

 

फरक स्वाद र नितान्तै भिन्न पन पस्कन खाेजीएकाे  कार्यक्रममा  नेपाली गजलकोे संरक्षण, सम्वर्धन र उत्थान” भन्ने मुल नाराका राखिएकाे छ । गजलमा समाजिक क्रान्ति अाउनुपर्छ भन्ने मुल ध्ययका साथ हुने कार्यक्रममा मध्य तथा सुदुपश्चिमका युवा गजलकारहरूकाे प्रस्तुती रहनेछ । कार्यक्रममा तिनवटा प्रदेशबाट प्रतिनिधित्व गर्ने गरी गजलकारहरूलार्इ उभ्याइएकाे छ । 

पछिल्लाे समय गजलप्रति युवाहरूकाे अाकर्षण बडदाे छ । माया र प्रेमकाे दर्द साटसाट गर्ने माध्याम बनेकाे  गजलकाे दायारालार्इ फराकिलाे बनाउन एउटा तप्का लागिपरेकाे देखिन्छ । समाजिक सन्देश र मुलुककाे परिबर्तनमा नयाँ अायाम थप्नु पर्छ भन्ने मान्यता सहित नेपाली गजलमा क्रान्ति भएकाे देखिन्छ ।  गजल कवितात्मक शैलीको प्रभावमा लेखिदै आएको कुरालाई भने नकार्न सकिन्न । यो शैलीको प्रयोग मध्य तथा सुदुर पश्चिममा अलि बढी हुँदै आएको छ । मध्य तथा सुदुरपश्चिममा गजलकाे बाढी अाएकाे देखिन्छ । 

काे हुन बेगम  थापा निश्चल ?

पसिनाको कुनै मुख हुँदैन
सुख हुँदैन जहाँ दुख हुँदैन ।

उँट पनि त मरूभुमिमा बाँचिरहेछ
जहाँ कुनै हरिया रूख हुँदैन ।

चाहे भान्छामा चामल सकियोस
तैपनि कविलार्इ अपुग हुँदैन ।

बेगम थापा निश्चल प्रदेश नं ५

झट हेर्दा हाँसिला मुहारका लक्का जवान बेगम थापा निश्चललार्इ बिद्यार्थीहरूकाे मन जित्न भ्याइ नभ्यार्इ छ । एकातिर कलम अर्काेतिर शिक्षण पेशालार्इ जिवनकाे कर्म बनाएका थापा सजिला र सरल लाग्छन ।  माता माेतीसरा थापा  पिता रामपति थापाबाट २०४२ सालमा काेहलपुर ५ बाके जन्मिएका बेग वहादुर थापा उर्फ बेगम थापा निश्चलले  परिचित छन ।

साहित्यका प्रचुर संभावना बाेकेका बेगम लामै समय पुर्णिमा साहित्य प्रतिष्ठानसंग अाबद्भ रहे । जिल्लामा हुने जस्तासुकै साहित्यिक कार्यक्रम भन्ने बितिक्कै हुरूक्कै हुने थापा मिजाशिला स्वभावका छन । उनलार्इ त्यहि स्वभावका कारण सानैदेखि साथीहरूसंग भिझ्न सहज बनायाे । विस्तारै साथीहरूकाे संगतले कवि बनायाे गजलकार बनायाे । 

थुप्रै पत्रिकामा गित गजल कविता र लेखहरू नियमित लेख्ने थापा शिक्षण पेशामा अाबद्ध छन । उनकाे संयुक्त संग्रह सपनाहरूकाे लस्कर समेत प्रकाशन भएकाे छ । राष्ट्र र जनतालार्इ मुख्य बिन्दुमा राखेर कलम चलाउने थापा माेफसलका केहि साहित्यकारकाे अाँखामा अटाउन सकेकेा देखिदैन । तर पाठककाे मनमा भने अब्बल ढंगले बसेकाे देखिने उनि राजधानीमा हुन लागेकाे युवा जागरण अभियानकाे त्रिवेणी गजल सन्ध्यामा ५ नं प्रदेशकाे तर्फबाट उपस्थित हुँदैछन ।

 

यि हुन धनराज बास्तविक !

नजलाउनु मेरो लास बिन्ति मलामीलाई 
मुटुमा देश राखेकोछु मनमा प्रियसीलाई ।

खुब लगानी गरियो खास पत्ता लगाउन 
कत्ति बुझ्न सकिएन रत्ति जिन्दगीलाई ।

धनराज वास्तविक प्रदेश नं ६

कर्णालिबाट राजधानिमा भबिश्य खाेज्दै अाएका धनराज शसक्त संचारकर्मी हुन । उनि संचारकर्मि मात्रै हैनन् कलकार पनि हुन । कला साहित्य र पत्रकारितालार्इ संगै संगै बडाएका वास्तविकका जिन्दगिका कहानी पनि कर्णाली जतिकै घुमाउरा र लामा छन । 

बाबा आमा पदम योगी, मनसरा गिरी योगीकाे काेखबाट २०४५–०८–२८, नरहरिनाथ गाउँपालिका, कालिकोटमा जन्मिएका वास्तविककाे 
प्रकाशित कृति – दोभान गजल संग्रह २०६७ , अनुमति बिना प्रवेश निषेध, उपन्यास – २०७२ ,चर्चीत गीत– यो हो सगरमाथाको देश, शिसिर योगीको स्वरमा रहेकाे छ ।

पिपलु र बर छ, देवि घर्तिको आवाज,मा रहेकाे फुर्के रिबन कुलेन्द्र बि.कको आवाज लगायत करिब तिन दर्जन गीतका शब्द संकलक तथा आधा दर्जन गीतमा आफै आवाज दिएका छन । २०६५ साल देखिको सुर्खेत एफएम बाट सुरु गरिएको पत्रकारीता, बुलबुल एफएम सुर्खेत, हाम्रो अखबार सर्खेत, नेपाल एफएम नेटवर्क काठमाण्डौ, हुँदै हाल नेपाल वाणि नेटवर्क र रिपोर्टस क्लब नेपालको सह–सप्पादकको जिम्मेवारीमा रहेका उनि ६ नं प्रदेशकाे तर्फबाट राजधानीमा हुने युवा जागरण अभियानकाे त्रिवेणी गजल सन्ध्यामा उपस्थित हुँदैछन  । 

यस्ताे  छ लक्ष्मान संगमकाे परिचय । 

नरोक्नुस् मुख छोपेर बोल्न दिनुहोस्
उसलाई दिल खोलेर बोल्न दिनुहोस् ।

आफैलाई चिन्न नसकेर परिचय गर्छ
बच्चालाई ऐना हेरेर बोल्न दिनुहोस् ।

राजधानीमा आएर कर्णालीका मान्छे
कैल्यै बोलेका थिए र ? बोल्न दिनुहोस्ल ।

जड्याहा पनि देशसँग गुनासो गर्छ
कुनै सभामा राखेर बोल्न दिनुहोस् ।

लक्ष्मान सङगम प्रदेश नं ७

झट हेर्दा नपत्याउदा लाग्ने लक्ष्मण सङ्गम भर्खरका लक्का जवान छन । छिपछिपे स्वभावका उनि गहकिलाे बिचार राख्छन ।  पछिल्ला समयका पृथक र शसक्त युवा गजलकार हुन । स्वादिलाे र जाेशिलाे लेखाइ भएका सङगम साच्चिकै क्षामाताका संगङम त्रिवेणी जस्तै लाग्छन  । 

पितामाता – लोकराज / नन्दकला उपाध्यायकाे काेखबाट  २०५३/६/१४  ढकारी ४ अछाममा जन्मिएका लक्ष्मण संगम शास्त्री प्रथम बर्षमा  अध्ययनरत बिद्यार्थी हुन । अछामबाट भविश्यकाे खाेजिमा राजधानी पुगेका लक्षमानका कथा महाकाली जस्तै छन ।  चुनाैतिहरूकाे डटेर सामाना गर्ने सङगम रमाइला स्वभावका लाग्छन ।
 
 वास्तविक नाम लक्ष्मण प्रसाद उपाध्याय जनाउने सङगम नेपालि गजलकारीताकाे क्षेत्रमा लक्षमान संगमका रूममा उदयिमान छन । थुप्रै पत्रपत्रिकामा उनका गजलहरू छापिसकेका छन भने बहरमा गजल ईन्द्रेणी ( संयुक्त ) संग्रह प्रकाशन समेत गरसकेका छन । काव्य मुसायरा सञ्चालक समिति, अछाम गजल मञ्च , नेपाली लेखक संघ अछाम र परमानन्द संस्कृत छात्र कल्याण परिषद् , देवघाट, तनहुँमा समेत अाबद्ध उनि राजधानीमा हुने युवा जागरण अभियानकाे त्रिवेणी गजल सन्ध्यामा  ७ नं प्रदेशकाे तर्फबाट उपस्थित हुँदैछन ।