भिआइपीको आँखा पर्ने खाल्डा यसरी पुरिए

प्रधानमनत्रीले निर्देशन दिएको २० दिन नाघिसक्दा पनि राजधानीको सडकका खाल्डा पुर्ने कार्यमा खासै प्रगति देखिएको छैन । आजको नागरिकमा खबर छ ।

खाल्डा पुर्ने जिम्मा पाएका सरकारी निकायका सचिवले निर्देशनअनुरुप काम नगर्दा मुख्य सडकका ठूल्ठूला भ्वाङ जस्ताको तस्तै छन् । कतैकतै सरकारी निकायका भिआपीहरु हिँड्ने ठाउँका खाल्डा पुरिए पनि त्यो झारा टार्ने शैलीको छ ।