ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य

नेपालगञ्जमा तरकारी र फलफूलको मूल्य ह्वात्तै बढेको छ । बर्षायाममा तरकारी उत्पादन घटेपछि मूल्य बढेको हो ।

दुई गुणासम्म वृद्धि

केही तरकारीको मूल्य दुई गुणासम्म बढेको छ । त्यसैगरी फलफूलको भाउ पनि आकासिएको व्यवसायीहरुले बताउँछन् ।

उपभोक्ता भन्छन्

एक सय रुपैयाँ पर्ने स्याउको खुद्रा मूल्य एक सय ६५ पुगेको छ । केराको भाउ पनि दर्जनको ४८ बाट ७७ रुपैयाँ पर्न थालेको छ । एक किलो आँप एक सयमा पाइनेमा हिजोआज एक सय ६० रुपैयाँ पुगेको उपभोक्ताले बताए ।

तरकारीमा पनि मूल्यवृद्धि

त्यस्तै बजारमा ४० रुपैयाँ किलो पाइने गोलभेडा बढेर ८० रुपैयाँ, काउली ३० रुपैयाँ किलोबाट ६० रुपैयाँ पुगेको खबर आजको कान्तिपुरमा छ ।