भत्कियो लिच्छविकालीन पाँच तले दरबार

नुवाकोट – विदुर नगरपालिका २ नुवाकोटडाडाँमा रहेको लिच्छविकालीन तुलजा भवानी मन्दिर (पाँच तले दरबार) भत्केको खबर आजको कान्तिपुरमा छ ।

बर्षाले कमजोर बनाएकाले मन्दिर भत्केको द्धारे महेन्द्रकुमार शाहीले जानकारी दिए । उक्र मन्दिर पृथ्वी नारायण शाहले निर्माण गरेको सात तले दरबार नजिकै छ ।

सिम्रौनगढका राजा नान्यदेव भागेर नेपाल खाल्डो पस्नुअघि यहाँ तुलजा भवानी राखेर मन्दिर बनाएको किंवदन्ती छ ।