राजीनामा दिन पुगेका श्रेष्ठलाई देउवाले यसरी फर्काए…..
प्रकासित मिति : २०७४ श्रावण १७, मंगलवार ०१:०६
प्रकासित समय : ०१:०६
पदबाट राजीनामादिन कार्यालय बाट बिदा भएर सोमबार सिंहदरबार पुगेका महान्याधिवक्तालाई प्रधानमन्त्री शेर बहादुर देउवाले अझै केही समय पखृन भन्दै फर्काएका छन् ।
महान्यायधिवक्ता रमनकुमार श्रेष्ठ दिउँसो साढे चार बजे राजीनामा दिने भन्दै कार्यालयबाट बाहिरिएका थिए । तर, प्रधानमन्त्री कार्यालयबाट फर्केका श्रेष्ठले पुन महान्यायधिवक्ता कार्यालय पुगेर प्रधानमन्त्रीलाई भेटेर मात्र फर्किएको जानकारी गराए । श्रेष्ठले भने, ‘मैले राजीनामाको कुरा गर्दा प्रधानमन्त्रीले अकिले पर्खनुहोस् भन्नुभयो ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।