प्रधानमन्त्रीको निर्देशनकाे सरकारी अधिकारीले नै गरे यस्तो अटेरी
प्रकासित मिति : २०७४ श्रावण १६, सोमबार ०१:१३
प्रकासित समय : ०१:१३
प्रधानमन्त्री शेर बहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको १५ दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन ।
सडकका ध्वाङ झन् झन् जोखिमपूर्ण बन्दै गएको खबर आजको नागरिकमा छ । खबरमा लेखिएको छ खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस्, अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् ।