कमिसनमा कुरा नमिल्दा वामदेवले नखोलेको ठमेल प्रभाकरले यसरी खोल्दै….

रात्रीकालिन व्यवसायीले पटक पटक माग गरेपनि २४ सै घण्टा नखुलेको ठमेल अबको १५ दिनभित्र खुल्दैछ । काठमाडौंको ठमेल-दरबारमार्ग रातभरी खुला राख्न अावश्यक सुरक्षा प्रबन्ध मिलाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालय र स्थानीय प्रशासनलाई पत्राचार समेत गरिसकेको छ ।

तत्कालिन गृहमन्त्री वामदेव गौतमले पनि ठमेललाई २४ सै घण्टा खुला राख्न भनेका थिए । तर, गौतम र व्यवसायीबीच कमिसनमा कुरा नमिल्दा त्यतिकै रोकिएको थियो । ब्यवसायीहरु गृहमन्त्री गौतमकै डेरामा पुगेका थिए तर भनेजति नभएको भन्दै उनले अनुमति दिन मानेनन् । त्यसपछि पटकपटक चर्चा उठ्दै सेलाउँदै अाइरेको थियो ।

अहिले पनि ठमेल-दरमार्गका केही स्थानहरु २४ सै घण्टा खुला हुन्छन् । राति १२ पछी बन्द गर्ने भनिएपनि प्रहरीसँगको सेटिङमा विहानसम्म पनि रात्रिकालिन व्यवसाय चलिरहेको हुन्छ ।गृहमन्त्री प्रभाकरको निर्देशनमा काठमाडौंका ठमेल-दरबारमार्ग, ललितपुरका झम्सिखेल र पोखराको लेकसाइड क्षेत्र २४ सै घण्टा खुला गर्ने तयारी प्रहरीले गरेको छ ।

त्यस्तै, व्यवसायीबाट माग भएमा भक्तपुरमा पनि २४ घन्टै खोल्न गृहले पत्राचार गरेको छ । गृहमन्त्री प्रभाकरले अाफ्नो गृह सुधार मार्गचित्रमा पर्यटकीय क्षेत्र २४ सै घण्टा खुला राखिने घोषणा गरेका थिए । प्रहरीले सिसिटिभी, सुरक्षागार्ड, खाली स्थान, आकस्मिक कक्ष तथा मेडिकल किटको व्यवस्था भएका रात्रिकालीन व्यवसायलाई मात्र २४ घन्टा सञ्चालन गर्न दिनुपर्ने प्रस्ताव गरेको छ । निश्चित मापदण्ड पूरा गरेका रेस्टुरेन्ट तथा डिस्कोलाई मात्र २४ घन्टा खोल्न दिइनेछ ।