जहाँका सरकारी कर्माचारीहरु अफिसभित्रै हेलमेट लगाएर बस्छन

एजेन्सी । नेपालमा पनि काम गर्दा हेलमेट लगाउँने मान्छे नभेटिने भने होइन तर कुनै भौतिक संरचना निर्माण गर्दा मात्र त्यस्तो देखिन्छ । तर भारतमा एउटा यस्तो सरकारी अफिस छ जहाँ दैनिक अफिसभित्र काम गर्दा हरेक कर्मचारीले हेलमेट लगाउँछन् ।

एक समाचारिय स्रोतका अनुसार भारतको बिहार राज्यमा पर्ने पश्चिमी चम्पारणस्थित अरेराज प्रखण्डको भूमि तथ्यांक कार्यालयका कर्मचारीहरु दिनहुँ अफिस आउँदा हेलमेट लगाएर आउँछन् र हेलमेट लगाएरै दिनभरी काम गर्दछन् ।उनीहरुले हेलमेट कुनै रहरले प्रयोग गरेका होइनन् आफ्नो ज्यान जोगाउन त्यसो गरेका रहेछन् ।

यहाँ जुनबेला जेपनि हुन सक्छ , कार्यलयको भवन जतिखेरपनि ढल्न सक्छ तरपनि आखिर सरकारी नुन खाएपछि काम त गर्नैपर्यो कर्मचारीहरुका आफ्नो वेदना सुनाउँछन् । त्यसैले कर्मचारीहरु ज्यान हत्केलामा राखेर भएपनि काम गरिरहेका छन् ।अकस्मात छत वा भित्ताका ढुंगाहरु खसेर टाउकोमा चोट नलागोस् भनेर उनीहरुले सधै हेलमेट लगाएर काम गर्दछन् ।

तर कार्यलयको भवननै ढल्यो भने कोही बाँच्ने स्थिति छैन । त्यहाँ कर्मचारी मात्र होइन् कार्यालयमा काम लिएर जाने सेवाग्राहीहरु पनि हेलमेट लगाएरै जान्छन् ।