जब आफ्नै हजुरबुवासँग बिवाह गरेको तीन महिनापछि मात्रै थाहा भयो…..

एजेन्सी,मान्छेको जीवनका कैयन् रंगहरु हुन्छ भन्छन् । यस्तै भएको छ अमेरिकाको फ्लोरिडाका एक बृद्धलाई । ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीय युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । मेल अनलाईनका अनुसार, ३ महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो ।

तीन महिनापछि युवतीलाई थाहा भयो– श्रीमान मान्दै आएको व्यक्ति त उनको आफ्नै हजुरबुवा पो रहेछन् । आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो । उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं ।

तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरवुवालाई छोड्न चाहँदिनन् । उनको भनाई छ, “हामीबीच राम्रो सम्बन्ध छ । यौनसम्बन्धदेखि सबै कुरा भइसक्यो । अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन ।” मेल अनलाईनका अनुसार, बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन । निकै खोजतलास गरेर पनि नपाएपछि उनले अर्को विहा गरेका थिए । दोश्रो बिहे पनि टिक्न नसकेपछि उनी त्यसै बसेका थिए ।

यसैबीच उनले लाटरीमा निकै बढी पैसा कमाए । त्यसपछि उनलाई फेरी बिहे गर्ने रहर जाग्यो । अनि एउटा डेटिंग एजेन्सीको माध्यमबाट उनले अहिलेको नातीनी नाता परेकी युवतीसँग बिहे गरे ।