१० वर्षपछि समातिए सेनाका भगौडा,जनयुद्धको रिसिइबीमा हत्या

व्यक्ति हत्याको अभियोगमा प्रहरीले १० वर्षपछि एक जनालाई पक्राउ गरेको छ । १० वर्षअघि रामेछाप तिप्लुङ–४ का नरबहादुर बुढाथोकीको हत्या गरेको अभियोगमा रामेछाप प्रहरीले सोहि स्थानका प्रमेश बुढाथोकीलाई मंगलबार राजधानीको जमलबाट पक्राउ गरेको हो ।

०६४ साउन ६ गते भएको उक्त हत्याको घटनापछि फरार रहेका उनलाई जिप्रका रामेछापका प्रहरी नायव उपरीक्षक कुमोध ढुंगेलसहितको टोलीले बुढाथोकीलाई जमलबाट पक्राउ गरेको हो ।

जनयुद्धको समयमा प्रमेशको बुबाको माओवादीबाट हत्या भएको र सोहि रिसिइबी साध्न उनले नरबहादुरको हत्या गरेको प्रहरी स्रोतको भनाई छ । प्रमेश नेपाली सेनाको भगौडा भएको खुल्न आएको प्रहरीको भनाई छ ।  रामेछाप प्रहरीले पक्राउसँगै उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको जनाएको छ ।