भोजपुरमा तीन बालबालिकाको रहस्यमय मृत्यु

एक महिनाअघि भोजपुरमा तीन बालबालिकको रहस्यमय मृत्यृको छानविन गर्न लगिएको कुकुर अपराधी पत्ता लगाउने क्रममा आर्मी ब्यारेक छिर्न खोजेपछि तयसलाई तानेर अपराधी खोज्न रोकिएको आरोप सांसद कुमारीलक्ष्मी राईले लगाएकी छिन् ।

तीनजना बालबालिकाको रहस्यमय मृत्यृ भएपछि त्यसका लागि छानविन गर्न कुकुर झिकाईयो तर कुकुर आर्मी ब्यारेकतर्फ छिर्न खोजेपछि प्रहरीले तानेर राख्यो, सांसद राईले सांसदमा भनिन्, त्यसको निष्पक्ष छानविन हुनुपर्छ, यस जघन्य अपराधबाट कोही नउम्किउन । सो घट्नामा सुरक्षाकर्मी नै संलग्न भएको हुनसक्ने बताउँदै उनले छानविनको माग गरेकी छिन्, यो खबर आजको नागरिक दैनिकमा छ ।