किन समयमै बन्दैनन् सडक ?

राजधानीसंग तराई जोड्ने लाफलाईन नारायणगढ मुग्लिङ सडक खण्ड २७ महिना वित्दा आधामात्रै निर्माण सकिएको छ । ३३ किलोमटिरको सो सडक दुई बर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अप्रिल २०१५ मा काम थालिएको थियो ।

भुकम्प, नाकाबन्दी र अनेक बहानामा उक्त सडक खण्ड बनाउने म्याद तेस्रोपटक थपिएको छ । तर, उक्र सडक खण्ड ५२ प्रतिशत मात्रै बनेको छ । उक्त सडक बनाउने म्याद अप्रिल २०१८ सम्म थपिएको छ ।

विनातयारी केक्का प्रक्रिया अघि बढाउनु, निर्माण ब्यवसायीको चरम लापरबाही र ठेकेदारलाई बारम्बार म्याद थपिदिने सरकारी प्रबृत्तिले तोकिएको समयमा सडक निर्माण सम्पन्न हुन नसकेको हो, यो खबर आजको नागरिक दैनिकमा छ ।