विश्व चर्चित अमेरिकी पप गायकद्वारा झुण्डिएर आत्महत्या

विश्‍व चर्चित अमेरिकाका पप गायकले आत्महत्या गरेका छन् । लस एन्जलसस्थित आफ्नै घरमा चेस्टर बेनिङ्गटनले आत्महत्या गरेका हुन् । लस प्रहरीका अनुसार चेस्टरले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा उनको शव फेला परेको हो । ४१ वर्षीय चेस्टर विश्व प्रख्यात सांगीतिक समूह लिंकन पार्कका प्रमुख गायक थिए ।

आफ्नो पछिल्लो एल्बम ‘वान मोर लाइट’ को प्रचारात्मक कार्यक्रम लिएर विभिन्न मुलुकको भ्रमणमा रहेकै समयमा चेस्टरले आत्महत्या गरेका हुन् ।

अमेरिकी संचारमाध्यमका अनुसार घरमा कोही नभएको समयमा चेस्टरले आत्महत्या गरेका हुन् । परिवारका सदस्यहरु बाहिर रहेको मौका छोपेर उनले आत्महत्या गरेको बताइएको छ ।उनी यसअघि लागू औषध र मदिरा सेवनका अम्मली थिए । उनले आत्महत्या गर्नुको कारण खुल्न नसकेको प्रहरी अधिकारीहरुको भनाइ छ ।