कुनै खेल नजिती रित्ताे फर्कियो नेपाली यू–२३ टिम
प्रकासित मिति : २०७४ श्रावण ६, शुक्रबार ११:०८
प्रकासित समय : ११:०८
नेपाली फुटबल प्रेमीलाई निरास हुने गरी नेपाली टीमले हार खाएको छ । २३ वर्ष मुनिको एसियन फुटबल च्याम्पियनसिप छनोट चरणअन्तर्गत समूहका सबै खेलमा नेपाल पराजित भएको छ ।
युएईमा बुधबार राति भएको समुह ‘डी’ को अन्तिम खेलमा नेपाल लेबनानसँग २–० ले पराजित भयो । लेबनानका हासान कुरानीले दुई गोल गरेका हुन् ।
खेलको २८औं मिनेटमा पहिलो गोल खाएको नेपालले खेलको अन्तिम मिनेटमा समालिन नसक्दा दोस्रो गोल खान पुग्यो । बुधबार रातीको हारसँगै नेपालले प्रतियोगिताको सबै खेलमा हार वेहोर्दै अंकविहीन भएर घर फर्कियो । तीन खेलमा १० गोल खाएको नेपालले विपक्षी पोष्टमा एक गोल पनि गर्न सकेन ।