नेपालको यु–१९ क्रिकेट टिमको भारतमा विजययात्रा कायम
प्रकासित मिति : २०७४ असार २६, सोमबार ०१:२८
प्रकासित समय : ०१:२८
नेपालको १९ वर्ष मुनीको राष्ट्रिय क्रिकेट टिमले भारतको नोयडामा भइरहेको अभ्यास र प्रशिक्षणका क्रममा भएको मैत्रिपूर्ण खेलमा विजयी यात्रालाई कायमै राखेको छ । ग्रेटर नोयडाको मैदानमा आइतबार भएको अभ्यास खेलमा नेपालले आरपी सिंह एकेडेमीलाई ६० रनले हरायो ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको नेपालले केही खराब खेल्ने क्रममा ४५ ओभर २ बलमै अलआउट हुँदै एक सय ७६ रन बनायो । सन्दीप सुनारले ४६ तथा दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाएको इनिङ्गमा हर्षित सेथीले ४ विकेट लिए ।
जवाफमा नेपालले झन् कसिलो बलिङ्ग गरेपछि आरपी सिंह एकेडेमी ३२ ओभर ५ बलमै एक सय १६ रनमा अलआउट भयो । आठ खेलाडीले दोहोरो अंकसमेत जोड्न नसकेको इनिङ्गमा पवन सर्राफ र शहाब अलामले ३÷३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । नेपालले अब अर्को अभ्यास खेल मंगलबार खेल्नेछ