अब प्रेमी जोडीलाई सरकारले होटल उपलब्ध गराउने

सार्वजनिक स्थलमा डेटिङ जाने प्रेमी–प्रेमिकालाई हुने गरेको असुविधालाई ध्यानमा राख्दै सरकारले नै उनीहरुका लागि व्यवस्थित कोठा उपलब्ध गराउन लागेको समाचार अनौठो लाग्न सक्छ ।क्यूवा सरकारले प्रेमी–प्रेमिकालाई सहुलियत दरमा होटलको कोठा उपलब्ध गराउने भएको छ । प्रेमी जोडीलाई सम्बन्ध स्थापित गर्न सहज होस् भनेर सस्तोमा होटलको कोठा उपलब्ध गराइने क्यूवा सरकारको भनाइ छ ।

यस्ता होटललाई क्यूवामा ‘पोसारस’ भनिन्छ । सरकारले ९० को दशकसम्म यस्तो होटल संचालन गर्दै आएको थियो । तर आर्थिक संकटमा परेपछि समुद्री आँधीबाट विस्थापित भएकाहरुका लागि सरकारले ती होटल उपलब्ध गरायो । जसबाट प्रेमी–प्रेमिकाले प्रेमालापका लागि असुविधा व्यहोर्दै आएका थिए भने सार्वजनिक स्थलमा नै उनीहरुले आपसमा भलाकुसरी गर्दै आएका थिए ।

नीजि स्तरमा त्यस्ता जोडीका लागि कोठा उपलब्ध गराउने काम भने जारी थियो । तर त्यस्ता कोठामा प्रेमी जोडीले चर्को शुल्क तिर्नु पर्दथ्यो ।हवानाका प्रान्तीय हाउजिङ कम्पनीका अधिकारीहरुका अनुसार नयाँ व्यवस्थाअनुसार सस्तोमा होटलको कोठा उपलब्ध गराइने छ । हवानामा प्रेमालापका लागि कोठा नपाउने जोडीहरु लाभान्वित हुने उनीहरुको विश्वास छ ।

हवानामा सम्बन्धविच्छेद गरिसकेका महिला तथा पुरुष एक्लो जीवन बिताउन बाध्य हुन्छन् । उनीहरु प्रेमालापका लागि उपयुक्त स्थानको अभावमा एक्लो जीवनमा होमिनु परेको बताइन्छ ।

सरकारले व्यवस्था गर्न लागेको यो नयाँ नेटवर्कले उनीहरुलाई राहत हुने विश्वास गरिएको अधिकारीहरु बताउँछन् । हवानामा युगल जोडी समुद्री किनार, पार्क लगायतमा समय बिताउने गर्दछन् । (एजेन्सी)