कहिले आउला मेलम्ची ? : धुलो खाएका जनता पानी नपिउने ?

मेलम्ची खानेपानीका नाममा राजधानीवासीले धुलो खान थालेको लामो समय भए पनि पूर्वनिर्धारित समयमा मेलम्ची आउला कि नआउला ? अझै पनि प्रश्न उब्जिरहेको छ ।

यसबीचमा काम पनि निकै भएका छन् । सुरुङ मार्ग हुँदै मेलम्चीखोलादेखि काठमाडौं ल्याइने खानेपानीलाई वितरण गन बिछ्याइरहेको पाइपलाइनको काम अलिेसम्म ८५ प्रतिशत मात्र सम्पन्न भएको छ ।

आउने दशैंमा मेलम्चीको पानी काठमाडौंवासीलाई खुवाउने लक्ष्यका साथ करिब ८४ हजार घरधुरीमध्ये ३७ हजार घरधुरीमा धारा जडान गरिसकिएको खबर आजको नेपाल समाचारपत्रमा छ ।