जनप्रतिनिधीको अाश्वासन हावामा उडेकाे बेलुन ,

पहिलाे चरणकाे स्थानीय तहको निर्वाचनपछि बिजयी भएर आएका जनप्रतिनिधिहरुले काम कारवाहीलाई तिब्रता त दिएका छन । तर उनिहरुले आफनो लोकप्रियता र जनताको मतको भावनालाई कदर गर्दै जनताको अपेक्षाअनुसार कामगरीरहेकोे दाबी गरेपनि दिर्घकालिन कार्यतालिका बनाउन सकेका छैनन ।

यतिबेला जन निर्वाचित प्रतिनिधिहरुले आफना चुनावमा बाडेका सपनाहरु पुरा गर्न भलाकुसारीमा ब्यस्त देखिन्छन । लामो समय पछि भएको स्थानिय तहको निर्वाचनको अल्पकालीन र दिर्घकालिन कार्यतालिका बारे सोचमग्न छन । उनिहरु कार्यतालीका बनाउन ब्यस्त देखिन्छन । उनिहरुलाई जनताको मतको कदर गर्न हम्मे हम्मे भएको छ । जनताको काम गर्न चुनौतिपुर्ण बनेको छ जनप्रतिनिधीहरुलाई । उनिहरुलाई भ्याइनभ्याइ भएको छ ।

भर्खरै निर्वाचित भएर आएपछि उनिहरुले जनताको मन नदुख्ने गरी काम गरीरहेको पाइन्छ । बस्तुवादी योजना र त्यसको कार्यान्वयनबाट परिणाम निकाल्ने भन्दा पनि मतदातालाई आफनो पक्षमा प्रभाव पार्न सक्नेगरी काम गरीरहेको देखिन्छन । सबै जनप्रतिनिधीहरुले आफनो क्षेत्रलाई बिकासको चरम सपनाहरुसंग जोडेको पाइन्छ । । भौतिक पूर्वाधार देखि विकासका नयाँ–नयाँ ढाँचा समेत देखाएको पाइन्छ । आर्थीक समृद्धी र व्यवस्थित शहरी विकासलाई प्राय जनप्रतिनिधीहरुले नबिर्सिएको बताएका छन ।

उनिहरुले सुषाशण र प्रत्यक्ष जनतासंग जोडीएको सरोकारको बिषयमा भने आफु कटिबद्ध भएको जिकिर गरेका छन । पन्च बर्षे योजना निमार्णको लागि तत्कालै कार्यतालिका नबनाएपनि दिर्घकालिन तालिका बनाएर जानेमा उनिहरु कटिबद्ध छन । काठमाडौ महानगरपालिका र ललितपुर उपमहानगरपालिकाकमा पनि उनिहरुको योजना त्यस्तै रहको छ ।

जनप्रतिनिधीहरुले उत्कृष्ट नारा र सपनाबाडेर चुनाव जितेपनि त्यसको अब्यभारीकताका कारण बिस्वस्त हुने स्थीती देखिदैन । कार्यान्वयनको बस्तुगत आधार पनि देखिदैन जनताको मन जित्न ल्याएका सपनाका चाङहरुले राजनितीक सिंडी चडने भन्दा पनि सर्बत्र बिकास सुशाषण र जनजिबिकाको सवाललाई बिकास र सहज गरेर लैजान जरुरी छ ।।।