असन्तुष्टि पोख्न नै हाे त ? ‘नो भोट’ !

 दोस्रो चरणको स्थानीय तह निर्वाचनमा दुई स्थानका मतदाताले ‘नो भोट’ को अभ्यास गरेका छन् । प्रदेश १ को पूर्वी पहाडी जिल्ला सोलुखुम्बुको नेचासल्यान गाउँपालिका ६ तिङ्ला र प्रदेश ५ को नवलपरासीको सरावल गाउँपालिका ६ का मतदाताले मतदान गरेनन् ।

घर नजिकै मतदान केन्द्रमा बिहान ७ बजेदेखि निर्वाचन आयोगबाट खटिएका कर्मचारी मतपेटिका लिएर अपराहन ५ बजेसम्म बसे पनि उनीहरूले भोट हालेनन् । कारण हो– आफूहरूले चाहेअनुसार पुनस्संरचना नभएकोमा असन्तुष्टि । पुनस्संरचनापछि उनीहरूले अपायक स्थानमा आफूहरूलाई गाभिएको भन्दै विरोध गर्दै आएका थिए ।

सच्याउनलाई माग गर्दै आएका थिए । र, त्यही असन्तुष्टिका रूपमा उनीहरूले मतदान पनि बहिष्कार गरे । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।