केपी ओली भन्छन -सद्दाम हुसेनको सरकार र देउवा सरकारमा केहि फरक छैन

 एमाले अध्यक्ष केपी ओलीले बर्तामान सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेका छन् ।निर्वाचन आयोगले तोकेको मौन अवधीमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि कठोर हमला गरेका छन् ।मगलबार पार्टी निकट प्रेश चौतारी नेपालले काठमाडौमा गरेको अन्तरसम्बाद कार्यक्रममा अध्यक्ष ओलीले बर्तमान गठबन्धन सरकार सद्दाम हुसेनको सरकार भन्दा फरक नभएको बताए । उनले सरकारले हत्यारा र अपराधिलाई जेल सजाय दिनुको साटो फुलमालाले स्वागत गर्ने गरेर तानाशाही बनेको आरोप लगाए ।

उनले अन्यायमा परेकालाई न्याय दिनुको साटौ जेलको बास बनाउने काम गरेर न्यायको घाँटी निमोठ्ने काम गरेको बताए । सरकार, नेपाली कांग्रेस, माओवादी केन्द्र र निर्वाचन आयोगका कामकारवाहीप्रति असन्तुष्टि जनाएका ओलीले अवको दुई दिनपछि हुने स्थानीय तहको निर्वाचन भयरहित बातवरणमा सम्पन्न गर्ने प्रमुख दायित्व सरकारको भएको भन्दै त्यसमा सरकारको ध्यान जान नसकेको होकि भनेर प्रश्न गरे । उनले भने ‘यो निर्वाचनले लोकतान्त्रिक प्रणालीलाई मजबुद बनाउने भएकाले पनि तमाम मतदाता सहभागि हुन्छन् । शान्तिपुर्ण निर्वाचन हुनुपर्छ भन्ने सवैको चाहाना छ । यो चाहाना पुरा गर्ने सवैभन्दा बढि जिम्मेवारी सरकारको हो ।’ अध्यक्ष ओलीले यसका लागि भयरहित बातावरणको व्यवस्था मिलाउने काम सरकारकै भएपनि सवैको सहयोगको खाँचो रहेको पनि बताए ।

लोकतान्त्रिक मुलुकमा सरकारलाई निर्देशित गर्ने काम जनताको भएको भन्दै पुर्व प्रधानमन्त्री समेत रहेका ओलीले निर्वाचन आयोग र सरकारले व्यवहारमै स्वतन्त्रता र निश्पक्षता देखाउनुपर्ने बताए । निर्वाचन शान्तिपुर्ण, स्वतन्त्र र निश्पक्ष बनाउन एमालेले सदैव सहयोग गर्ने र कुनै किसिमको दवाव नदिने ओलीको भनाई थियो ।

‘निर्वाचनमा खटिएका निर्वाचन अधिकृतहरुले पनि निश्पक्ष काम गरुन् भन्ने एमालेको अपेक्षा हो । निर्वाचनमा खटिएका कर्मचारी वा सुरक्षाकर्मीमको भुमिका एमालेको पक्षमा होस भन्ने होइन, राज्यका साझा संयन्त्र एमालेले सरकारमा हुँदा र प्रतिपक्षमा हुुँदा पनि आफ्नो अनुकुलमा प्रयोग गरेन र गर्दैन ।’ निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी र अनुगमनकर्ताहरुलाई पनि आफ्नो भुमिका निश्पक्ष बनाउन ओलीले आग्रह गरे । उनले भने ‘ निर्वाचन परिणाम प्रभावित पार्ने वा स्वच्छतालाई दुषित गर्ने काम कसैबाट नहोस् ।’

सत्तारुढ दलहरु तानाशाही बन्न खोजेको दृश्टान्त प्रश्तुत गर्दै अध्यक्ष ओलीले तानाशाहीतन्त्रले अस्थिरता र अराजकता बढ्ने भन्दै त्यस्तो तन्त्र नटिक्ने दावी पनि गरे । उनले कतिपय दलहरुले नीतिगत बहिस्कार गरेपनि स्वतन्त्र ढंगबाट उम्मेदवारी दिएर निर्वाचनमा सहभागि भएकोमा ति दलहरुलाई सकारात्मक रुपमा लिएको बताए ।तेस्रो चरणको निर्वाचनलाई राष्ट्रिय एकताविपरित र जननिर्वाचित प्रतिनिधिका अधिकार कुण्ठित गर्ने काम गरिए त्यो मान्य नहुने ओलीले चेतावनी दिए । उनले संविधान संशोधन गर्ने गरी प्रधानमन्त्री बनेका शेरबहादुर देउवाको कपाली तमसुक एमालेले पुरा गर्न नदिने चेतावनी दिए ।

‘निहु खोज्नका लागि चरणचरणमा निार्वचन साने काम भएको छ ,बेठिक मनसाय हो, यस्ता देश अघि बढ्न नदिने हानिकारक उदेश्य एमालेले पुरा हुन दिदैन, एमाले जिउँदै छ’ अध्यक्ष ओलीको भनाई थियो । संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने भएपनि जर्वजस्ती गरे त्यो एमालेका लागि सैह् नहुने ओलीले बताए ।