यसकारण सशस्त्रका मध्यक्षेत्र डीआईजी परे कारबाहीमा

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले मध्यक्षेत्र सशस्त्र प्रहरी प्रमुख नायव महानिरीक्षक (डीआईजी) नरेन्द्र सिंहलाई कारबाही गरेको छ । उद्योगी व्यवसायी र मातहत निकायसँग रकम माग गरेको पुष्टि भएपछि सशस्त्र मुख्यालयले उनलाई कारबाही गरेको हो ।

पदीय आचरणविपरीत उद्योगी व्यवसायी र मातहत निकायसँग पटक पटक रकम माग गरेको भन्दै डीआईजी सिंहमाथि हदैसम्मको कारबाहीको मागसहित उजुरी परे पनि सशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले ‘नाम मात्रै’ को कारबाही गरेकोमा सशस्त्र मुख्यालयभित्रै असन्तुष्टि बढेको छ । डीआईजी सिंह आईजीपी श्रेष्ठ निकट मानिन्छन् ।

डीआईजी सिंहको कार्यशैलीले सशस्त्र प्रहरी बलकै बेइज्जत भइरहेको भन्दै उच्चपदस्थ अधिकारीले उनीमाथि हदैसम्मको कारबाहीको माग गरेकोमा सचेत मात्र गराएर उनलाई उन्मुक्ति दिन खोजेको सशस्त्रका उच्च अधिकारीहरुको बुझाइ छ ।

डीआईजी सिंहले उद्योगी व्यवसायी र मातहतका निकायसँग रकम माग गरेको उजुरी परेपछि सशस्त्र मुख्यालयले तीन सदस्यीय छानबिन टोलीसमेत गठन गरेको थियो, राजधानीमा खबर छ ।