केपी अाेलीलाई मञ्चमै एक महिलाको ‘किस’, नेताहरु लाजले भुतुक्क, ओली भने मख्ख
नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली चुनावी प्रचारको क्रममा गृहजिल्लामा छन् । काँग्रेसले झापामा अाक्रामक प्रचारशैली गरेपछि ओलीले पनि केही दिनदेखि जिल्लामै छन् । झापामा अाफ्नो वर्चस्व कायम गर्न ओली पनि अाक्रमक रुपमा चुनावमा खटिएका छन् । उनी दिनमा पाँचसम्म कार्यक्रममा पुगेर भाषण गरिरहेका छन् ।
झापाका कचनकवल, झापा गाउँपालिका, गृहनगर दमक, बिर्तामोड, काँकरभिट्टा, अर्जुनधारालगायत स्थानमा अायोजित चुनावी सभालाई ओलीले सम्बोधन गरिसकेका छन् ।कार्यकर्तासँग सहज रुपमा पेश हुने ओलीसँग फोटो खिच्नेको पनि त्यतिकै भीड छ । त्यसमा पनि मिहलाप्रति नरम स्वभावका ओलीसँग महिला कार्यकर्ताले सेल्फी खिचिरहेका छन् ।
त्यस्तै केही दिनअघि एक चुनावी सभामा एक जना स्थानीय महिला कार्यकर्ताले अध्यक्ष ओलीलाई मञ्चमै पुगेर चुम्बन गरिन । केही नभनेर सिधै ओलीलाई दुबै गालामा चुम्बन गर्न थालेपछि मञ्चमा सँगै बसेका नेताहरु भने लाजले भुतुक्कै भएका थिए । उनीहरु मुखामुख गर्न थाले । तर, उमेरले ४० काटेको जस्तै लाग्ने ती महिलाले त्यसको कुनै वास्ता नगरी धित मर्न गरी ओलीलाई चुम्बन गरिन् ।
मञ्चमा बसेका अरु कोही नेताहरुले पनि उनलाई चिन्दैनन् । ती महिलालाई चिन्ने भएपनि ओलीले उनको बारेमा केही नबताएका नेताहरु बताउँछन् । अरु नेताहरुले लाज मानेपनि अध्यक्ष ओली भने मख्खै देखिन्थे ।