जर्मनी र चिलीले बराबरी खेल्दा क्यामरुन र अस्ट्रेलिया पनि बराबरीमै
प्रकासित मिति : २०७४ असार ९, शुक्रबार ०१:४१
प्रकासित समय : ०१:४१
रुसमा जारी कन्फेडेरेशन कप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार राति भएका दुबै खेल बराबरीमा सकिएका छन् ।
दुई दावेदार टोलीबीचको भिडन्तमा जर्मनी र चिलीले १–१ गोलको बराबरी खेले । चिलीका अलेक्सीस सान्चेजले पहिलो गोल गरेको खेलमा जर्मनीका लार्स स्टिण्डलले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।
यो खेलपछि अलेक्सीस सान्चेज चिलीको लागि सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । आर्सनलका खेलाडी सान्चेजले अहिलेसम्म देशका लागि ३८ गोल गरेका छन् ।
बिहीबार भएको पहिलो खेलमा क्यामरुन र अस्ट्रेलियाले १–१ गोलको बराबरी खेलेका छन् । खेलमा क्यामरुनका आन्द्रे एन्गुईसाले पहिलो गोल गरेका थिए । तर दोस्रो हाफमा पाएको पेनाल्टी अवसरमा अस्ट्रेलियाका मार्क मिलिगानले एक गोल फर्काएपछि खेल बराबरीमा सकिएको हो ।