यसरी पक्राउ परे दुई किलो सुनसहित दुई जना

रसुवा,मोटरसाइकलको पेट्रोल ट्याङ्कीमा लुकाएर ल्याएको दुई किलो सुनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसहित पक्राउ पर्नेमा रसुवाको उत्तरगया गाउँपालिकाका कृष्णबहादुर श्रेष्ठ र काठमाडौँ पासिकोट गुल्डेनचोकका रुपेश भनिने दिनेश रोका छन् ।

रोकालाई मंगलबार राति रसुवा प्रहरीले काठमाडौँबाट नियन्त्रणमा लिएको हो । बा ७६ प ७८१० नं को मोटरसाइकलमा चीनबाट सुन ल्याउँदै छ भन्ने सुराकीको आधारमा उक्त मोटरसाइकलका तलासी लिदा पेट्रोल ट्याङ्कीमा फल्स बटम बनाई कपडाले बेरेर राखिएको दुई किलो सुन फेला परेको हो ।

उनीहरुविरुद्ध सङ्गठित अपराध ऐनअन्तर्गत मुद्दा पेस गरी थप अनुसन्धान थालिएको छ । यस्तै नेपाल प्रहरीले २०७३ वैशाख यता पटक पटक गरी करिब २० किलो सुन बरामद गरी तस्करहरुमाथि मुद्दा दायर गरिसकेको जनाएको छ ।