पश्चिम बंगाल गोर्खाल्याण्डको प्रकरणमा यस्ताे भन्छन मोहन बैद्य

काठमाडौ,मोहन बैद नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भारतको पश्चिम बंगाल प्रान्त अन्र्तगत दार्जिलिङ्ग क्षेत्रका नेपाली भाषीले गोर्खाल्याण्डको माग राखी गरेको आनदोलनमा बंगाल सरकारले गरेको दमनप्रति भत्र्सना गरेको छ ।

अध्यक्ष मोहन बैद्यले मंगलबार एक वक्तव्य जारी गर्दै नेपाली भाषीले लामो समयदेखि संघर्षगर्दै आएको र यसक्रममा जनताको ठूलो मात्रामा सहादत भएको भन्दै पछिल्लो पटक पाठ्यपुस्तकहरुमा बंगाली भाषालाई अनिवार्य वनाइएपछि भएको आन्दोलनका क्रममा सहादत प्राप्त जनताका छोराछोरीलाई सहिद घोषणा गर्न माग गरेका छन् ।

साथै अध्यक्ष बैद्यले शान्तिपुर्ण आन्दोलनमा राज्यले गरेको दमन रोक्न भारतको पश्चिम बंगाल सरकारसँग माग गरेका छन् । यस क्रममा तीन जनाको मृत्यु भएको छ ।