सञ्चारकर्मी भट्टराई अब मोडलिङमा पनि….

काठमाडौं, सञ्चारकर्मी तथा पत्रकार पवन भट्टराई अब माेडलिङ क्षेत्रमा पनि देखिने भएका छन । उनि गायक विकास संगम राईको ‘घायल चरी’ एल्वमबाट उनि मोडेल क्षेत्रमा भित्रिने भएका हुन् । एल्वमको पहिलो गीत ‘पागलै भएँ’को लागि भट्टराईलाई गायक राईले अनुबन्ध गरिसकेकाछन् । संचारक्षेत्रमा  राम्राे पहिचान बनाएका भट्टराईले मोडलिङमा समेत हात हालेका छन् । खोटाङमा जन्मिएका भट्टराई रिपोर्टस क्लव नेपालमा विगत ५ वर्षदेखि कार्यरत छन् ।

आकाश उखेडाले निर्देशन गर्ने भिडियो केहीदिनमै छायांकन हुने गायक राईले जानकारी दिए । सञ्चारकर्मी भट्टराईसगै मोडलमा सञ्चिता शाही रहेकी छिन् । शाहीले दर्जनौ भिडियो र फिल्मको समेत अनुभव बटुलिसकेकी छन् । उता, आधा दर्जन बढि गीतमा आफ्नो स्वर दिई सकेका विकास संगम राई साङगीतिक क्षेत्रमा परिचित भैसकेका छन् । गायनक्रममा सक्रय रहेका राईले नयाँ एल्वमको काम धेरै व्यवस्थित तरिकाले परिचित व्यक्तिको साथमा गर्न लागेकाले थप उचाइ पाउने विश्वास व्यक्त गर्छन ।

भट्टराईको मोडेल क्षेत्र भने नयाँ र नौलो हो । सञ्चार क्षेत्रमा राम्रै कार्य गरेका उनले अव मोडेल क्षेत्रमा आफ्नो कस्तो प्रस्तुति देखाउन सक्छन् त्यो त भिडियो सार्वजनिक भएपछि आएपछि थाहा हुने छ ।