असार १४ को चुनावबारे प्रमुख दलहरु नै अन्योलमा
  प्रकासित मिति : २०७४ असार १, बिहीबार ००:५७ 
प्रकासित समय : ००:५७
                                    
															काठमाडौं,स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि उम्मेदवारी मनोनयन संघारमा आउँदा समेत प्रमुख राजनीतिक दलहरु असार १४ गतेका लागि घोषित चुनावका विषयमा अन्योलमा परेका छन् ।

उम्मेदवारी मनोनयनका लागि निर्वाचन आयोगले तोकेको असार २ गते आउन एक दिन मात्र बाँकी रहँदा प्रमुख दलहरु संविधानप्रति असन्तुष्ट राष्टि«य जनता पार्टी नेपाल लार्इ चुनावमा समेटेर जाने या छाडेर जाने भन्नेमा अन्योलमा परेका हुन् ।
संविधान संशोधनसहितका विषय र जनसंख्याका आधारमा स्थानीय तहको संख्या नबढाएसम्म निर्वाचनमा भाग नलिने राजपाको अडानपछि प्रमुख दलहरु असार १४ गतेका लागि तोकिएको निर्वाचनका विषयमा बिहीबारमात्र निष्कर्षमा पुग्ने भएका हुन् । –नागरिक दैनिकबाट


 
																					