सांसदहरूको आवास सुविधा रोक्का
प्रकासित मिति : २०७४ जेष्ठ २८, आईतवार ०१:१२
प्रकासित समय : ०१:१२
काठमाडौं , संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ ।
संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम रोक्का गरेको हो। आजको नागरिकमा खबर छ ।
संसदको पदाधिकारी र सांसद गरी १ सय १९ जनाको आवास सुवाधा रोक्कामा परेको छ। उनीहरूले आफ्नो घर उपत्यकाभित्र हो या बाहिर भन्ने स्पष्ट विवरण नदिएकाले लेखा शाखाले यस्तो कदम चालेको हो।