‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा
प्रकासित मिति : २०७४ जेष्ठ २६, शुक्रबार ०९:२२
प्रकासित समय : ०९:२२
बैतडी, दशरथचन्द नगरपालिका–१० बाराकोटलाई ‘पूर्ण संस्थागत सुत्केरी’ क्षेत्र घोषणा गरिएको छ ।
वडाका गर्भवती महिलाले स्वास्थ्य संस्थामा पुगी बच्चा जन्माएको, चार पटक गर्भजाँच गराएको तथा आइरन चक्की नियमित खाएको लगायत आठ सूचक पूरा गरेको पाइएपछि बिहीबार (आज) कार्यक्रमबीच सो घोषणा गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नगरपालिकाका कार्यकारी अधिकृत अर्जुन शर्मा, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा.गुणराज अवस्थी लगायतको उपस्थितिमा सो घोषणा गरिएको हो । यसअघि, बैतडीका आठवटा स्वास्थ्य संस्था ‘पूर्ण संस्थागत सुत्केरी’ घोषणा भइसकेका छन्