सदाचार नीति बनाउने निर्णयमा हस्ताक्षर गर्दै, प्रधानमन्त्री देउवाले सम्हाले कार्यभार

काठमाण्डौ ,नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाले सपथ लिए लगत्तै पदभार सम्हालेका छन् । उनले पदभार सम्हाल्दै राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् ।

देउवाले राष्ट्रिय सदाचार नीति बनाउने प्रस्तावमा हस्ताक्षर गरेका छन् । यस्तै अन्तर प्रदेश समन्वयनका लागि ‘समन्वय परिषदको सचिवालय गठन गर्ने’ निर्णय पनि गरेका छन् । अब प्रधानमन्त्री कार्यालयमा एक महाशाखाको रुपमा त्यस्तो परिषदको सचिवालय गठन हुनेछ ।