मान,अपमान र भुक्तमानको पीडा

एकपटक एक गरिब मानिस आफन्तीसंग गएर अनुनय विनय गर्दै दुखेसो पोख्यो– ‘हामी गरीबहरु कति अभागी छौं । हिजो म एउटा रेष्टुराँको अगाडि केहीबेर उभिएको थिएँ । यस्तैमा रेष्टुराँको मालिक आएर भन्यो– ‘मैले उसको पकवानको बास्ना सुृँघेर धेरैबेर उभिएँ । त्यसैले अब मैले उसको पैसा दिनुपर्छ । अनि जसै मैले पैसा दिन अस्वीकार गरें, उसले मलाई समातेर काजीको कठघरामा पु¥यायो । आज मेरो पेशी छ । के तपाईं मेरो वकालत गरिदिनुहुन्छ ?’

‘अवश्य’ आफन्ती तुरुन्त राजी भयो र गरीबको साथ लागेर काजी कहाँ पुग्यो । रेष्टुराँको मालिक उनीहरुभन्दा पहिल्यै त्यहाँ पुगेर काजीसंग गफ चुटिरहेको थियो । गरीब मानिस देख्नासाथ काजी उफ्रन थाल्यो– ‘रेष्टुराँको पकवानको बास्ना सुँघ्ने सडकमा पनि उभिने र पैसा माग्दा दिन्न भन्ने तँलाई लाज लाग्दैन ? झिक तुरुन्त पैसा ।’

‘एकछिन पख्नोस् काजी साहेव !’ आफन्ती अघि सरेर काजीलाई भन्यो– ‘यिनी मेरा ठूल्दाजु हुन् । यिनीसंग पैसा छैन् । म पैसा दिन्छु ।’ यति भनेर आफन्तीले आफ्नो खोकिलाबाट सिक्का राखेको थैलो झिक्यो र रेष्टुराँको मालिकको कानैमा पुर्याएर २,४ पटक हल्लाउँदै सोध्यो– ‘के तपाईं पैसाको छन्छन् आवाज सुनिरहनु भएको छ ?’ रेष्टुराँ मालिकले भन्यो– ‘एकदमै प्रष्टसंग सुनिरहेको छु ।’ जवाफ भुईंमा नखस्दै आफन्तीले भने– ‘उसो भए ठीक छ । हिजो यिनले तपाईंको पकवानको बास्ना सुँघे । आज तपाईंले मेरो पैसाको छनछन आवाज सुन्नुभयो । अब हाम्रो हिसाव किताव बराबर भयो ।’ आफन्तीको जवाफले काजी चुप भए ।

भगवान महादेव प्रकट भएर ‘लौ शेरबहादुर तेरो भाग्यरेखा तैं लेख’ भनेर जन्मपत्री दिएको भए सम्भवतः उनले पटके गद्दीको आमन्त्रण झुक्किएर पनि गर्ने थिएनन् । नेपालको राजनीतिमा भएका अनपेक्षित प्रयोगहरुको श्रृंखलाले उनलाई पटक पटक मुखिया बनायो । पदीय मर्यादासंगै मान, अपमान र भुक्तमानका साक्षी यी पात्रका लागि प्रधानमन्त्री पदको कार्यकाल फगत जागिर मात्र बन्यो । बीपी कोइरालाको ‘प्रजातान्त्रिक समाजवाद’ नामको मन्त्र अलाप्नु बाहेक युग अनुकूल गरिएका कुनै कामको फेहरिस्त काँग्रेससंग छैन । विगत एक दशकयता त काँग्रेसको केन्द्रीय राजनीति माओवादी दर्शनशास्त्र गोडमेलमै केन्द्रित छ ।

राज्य सञ्चालन प्रक्रियामा कमभन्दा कम गुनासो नै सुशासनको सुगन्ध हो । तर विगतको आत्मरतिमा रमाउँदा रमाउँदै आगत बिटुल्याउने कारक काँग्रेस बन्यो । यसबापत उसले पाएको उपलब्धी भनेको सरकारमा मन्त्रीहरुको जागिर मात्र हो । यो क्रमले अभैm निरन्तरता पाइरहेको छ । राजनीतिले तन्त्रमा फेरबदल ल्याएपनि चरित्रमा सुधार ल्याउन नसक्दा समस्या ज्यूँ का त्यूँ रहे । गोता र ठक्करका थुप्रै टुटुुल्को उठाएकाहरु सिंहदबारका नाइके हुँदा पनि सिंहदरबार विश्वासको केन्द्र बन्न सकेन । बरु झन्झन् सिंहदरबार हुत्ति विनाको स्याल दरबार हुँदै दलालहरुको खेलखोर बन्दै गयो । कलकलाउँदो पूmलको मालासंगै स्वार्थका झुसिलकिरा लिएर सिंहदरबार पस्नेहरुको झुण्डबाट अधिकांश नेताहरु रंगहीन, ढंगहीन हुन पुगे ।

आफुले भनेको नमानेको झोंकमा सचिव, सहसचिवसम्मलाई ‘कू’ गर्न पछि नपरेका बाघ गिरिजाप्रसाद अदालतको वैशाखी टेकेर आएका तिनै कर्मचारीको बाख्रे दाउमा परेर देउरालीको ढुंगोमा सीमित भए । कर्मचारी थर्काएर हैन, फकाएर काम लिने शक्ति हो भन्ने थोरै विवेक राख्न नसक्दा राजनीतिक परिवर्तनलाई न हाँस न बकुल्लो बनाउनमा तिनै शक्तिको लाहा छाप देखियो । बालुवा पेलेर तेल निकाल्ने सरहको पसिना बगाएर नेपालबाट गएका खाडी मजदुरहरुले आफ्ना सन्तानलाई आइफोन संस्कृतिमा पु¥याएका छन् । सूचना प्रविधिको पहुँच दुरदराजसम्म पुगेको छ । तर पेन्टियम वान संस्कारबाट उठ्न नसकेका कर्मचारीहरु उडुस, उपियाँ र साङ्ला लुकेको फाइलभित्र प्रतिष्ठा खोजेर कहिल्यै पार नपाउने चक्रव्यूहमा फसेका छन् ।

उनीहरुभित्र आफुहरु मालिक भएको दम्भ छ । समस्यालाई समाधान हैन, झन् गुजुल्ट्याउने दृष्टिले हेर्ने मनोविज्ञानका कारण कर्मचारी संयन्त्र बुझेर भेउ नपाउने कठिन महाजाल भएको छ । नेता र कर्मचारी संगै हिँडे पनि उनीहरुको यात्रा एक नदी दुई किनारजस्तो छ । एकअर्कालाई शंकाले हेर्नु उनीहरुभित्र पलाएको स्थायी मनोविज्ञान हो । हरेक टेबलमा फाइलको प्रवेशसंगै नमस्तेका किस्ती टक्र्याउनुपर्ने बेथितिले कहिल्यै विश्राम पाउने भएन् । लोकसेवा आयोगका सवैभन्दा बढी सदाचारी किताव लेख्ने विशिष्ट सरकारी अधिकारी अख्तियारको नजरमा सर्वाधिक ठूला भ्रष्टाचारी ठहर्छन ।

सदाचार, हार्दिकता, शिष्टाचार र सम्मान शासनभित्र समाहित भएन् । बरु कर्मचारी कर्मचारीबीच अंश मुद्दा नमिलेको दाजुभाइ जस्तो अवस्था सिर्जना भयो । लोकसेवाको एउटै कोर्स पढेका राष्ट्रसेवक बनेका भन्सार र भूमिसुधारका कर्मचारीबीच भेदभावपूर्ण खाडल स्वयं राज्यले खन्यो । वास्तुशास्त्रको निर्देशनमा ओल्लो भित्तो र पल्लो भित्तोलाई क्षितिज बनाएर वर्षौंसम्म १०–५ को निरस र पट्यारलाग्दो जीवनमा सृजना नआउनु अस्वाभाविक पनि होइन । सानो पदमा हुँदा खेपेको अत्यास र पीडा ठूलो पदमा पुगेपछि प्रतिशोधमा रुपान्तर हुनु नै अहिले कर्मचारीतन्त्रमा पन्पिएको सर्वा्धिक खतरनाक प्रवृत्ति हो ।

कर्मचारीको बीउ चाकरीतन्त्रबाट शुरु भएको हो । पुस्तैनी चाकरीमा जुटेको परिवारभित्रको पाँच पासेलाई न्यायाधीश बनाइदिने तर निर्धो, सहाराविहीन पढेलेखेकालाई विचारीमा थन्क्याइदिने राणाालीन तदर्थवादको ऐंजेरु छिमल्ने प्रयास कसैले गरेन् । अयोग्यहरुको भीडमा योग्यहरु हराउँदै गए । पदीय कर्मभन्दा पनि ठूलाहरुलाई रिझाउने विशेष योग्यता भएकाहरुको पहुँच दिन दुईगुना रात चारगुनाका दरले बढ्यो । समस्याको गाँठो फुकाउने विन्दुमा सवै निरपेक्ष रहँदै आए । वर्तमान र अब बन्ने सरकारको जमिन पनि यही व्यवहारमा खुम्चिएको छ । हिजो आपूmले पाएको पीडा पुस्तान्तरण नहोस् भन्नेमा सचेत हुनु नै सरकारका सारथीहरुको विजय हो । त्यसैले इतिहासको अभिसप्त पानाहरुबाट पाठ सिकेर फुकी फुकी पाइला चाल्नु जरुरी छ । जतिसुकै अग्लो धुरीमा बसेपनि कागले कोइलीको मर्यादा नपाएजस्तै सत्तामा पुगेर चर्चा त बटुलिएला तर लोकप्रियता हासिल हुन सक्दैन् ।

बीपीले जेलमा बस्दाको एउटा स्मरण लेखेका छन् । जसमा उनी भन्छन्– ‘आमाको चिट्ठी आएको थियो । वहाँ लगभग सत्तरी वर्षको र म एकाउन्न वर्षको छोरो जो अनिश्चित कालका लागि चार वर्षभन्दा बढी समयदेखि जेलमा थुनिइरहेको छु । उहाँले लेख्नु भएको थियो– …..‘मैले तिमी जन्मिदा छोराको सम्बन्धमा जुन ठूलो कल्पना गरेकी थिएँ, जसले मलाई आत्मविश्वास र आनन्द दिएको थियो । त्योभन्दा बढी मेरो कल्पनाभन्दा बढीको कुरा तिमीले मलाई दिलायौ, जसले मलाई ठूलो गर्व छ । तिमी मैले कल्पना गरेभन्दा ठूलो छोरा भयौ ।’ एकपटक छातीमा हात राखेर सोचौं त, आमाको नजरमा हामी कति यस्तै सपुत बन्न सक्यौं ? त्यसैले सरकार मन्त्रीहरुले देश हितमा आफ्नो विगत विर्सिएर सकारात्मक मुख्र्याइँ गर्नु पनि वाञ्छनीय हुन्छ ।

पृथ्वीनारायण शाहले योग्य मानिसलाई उचित पदमा राखे । न्यायलाई जनताको अधिकारका रुपमा स्थापित गराए । राज ज्योतिष कुलानन्द ढकालदेखि विज्ञ, विद्वान, सुरवीर मात्र हैन, बिसे नगर्चीलाई पनि साथ लिएर हिँडे । जसको फलस्वरुप गोर्खामा जन्मिएका पृथ्वीनारायण शाह एकिकृत मुलुकको हिरो भएर ५२ वर्षको उमेरमा त देहत्याग नै गरे । उनका भाइ बहादुर शाहको निर्मम हत्यापछि लक्ष्मीपति पाँडेजस्ता विद्वान निकालिए । दामोदर पाँडेजस्ता सुरवीर, लक्ष्मीरमण, दीननाथ उपाध्याय जस्ता चतुर वकिललाई अपमानित गरियो । आलाकाँचा मान्छेलाई प्रतिष्ठित पदमा पु¥याइयो । सोझोलाई बांगो र सेतोलाई कालो भन्नेहरु राजनीतिको चुलो चौकोमा स्थापित भए । जंगबहादुरले एकचोटी भनेका थिए– ‘मैले के गरेको छु र मावलीले बनाएको व्यवस्थालाई चलाएर बसेको छु ।’ राज्यका पिलरहरु कहिल्यै मजबुत भएनन् । हुक्के, ढोके, चम्चे, मुण्ड, नन्दी, भृंगीहरुको नियन्त्रबाट मुलुकले कहिल्यै त्राण पाएन् । गल्ती सच्याउने होइन, दोहो¥याउने, तेह¥याउने तर्फ शासकहरुको इच्छा बढ्दै गयो ।

भिमसेन थापाका पालाका कवि सुन्दरानन्द बाँडाले राजाका भारदार दुनियाँ पनि गाँजा तान्ने गँजडी, जुवाडे थिए भनेर लेखेका छन् । उनी भन्छन– ‘खेल्छन् रात्दीन जूवा कति कति विजया (गाँजा) फुक्तछन् कोही रुन्छन् । निःशंकै बात हाँक्छन् कति अति खुशि छन् कोही रात्दिन घोरिन्छन् । ऐलेका भारदार दुनियाँसमेत रातबिरात जूवा खेलनामा लाग्याका छन् कोही गाँजा लि खान्छन् , गाँजाले मातियाका भारदारले क्या सहि राख्दछन् , कोहि बक्सिस भया पनि वस्तु पाउँदैनन, कोहि सन्दुक भरी राख्दछन् ।’

सृष्टिमा निर्विल्प प्रकृति मात्र हो । हामीले मान्दै आएको मृत्युलाई पनि कतिपयले अन्तिम होइन भनेर व्याख्या गर्न थालेका छन् । उनीहरुको तर्क छ– अक्टोपसले शंखेकिरा खान्छ । तर शंखेकिराले पेटमा पार्नुअघि नै अक्टोपसले आफुलाई हड्डीको खोलभित्र हालेर सुरक्षित गरिसकेको हुन्छ । जब शंखेकिरा अक्टोपसको पेटमा पुग्छ तब खोलबाट निस्कने शंखेकिराले अक्टोपसलाई सिध्याउँछ । अन्तिममा अक्टोपस मर्छ । तर शंखेकिरा जस्ताको तस्तै । हाम्रो सन्दर्भमा राजनीतिक परिवर्तन पनि त्यस्तै भएको छ । घटनाक्रम जे सुकै होस् तर प्रकारान्तरमा पञ्चायती राजनीति अर्थात राजसंस्थाका अनुचरहरु नै अरुभन्दा सुकिला देखिँदै आएको परिस्थिति छ । गणतन्त्र नामको गोलचक्करले जितेर हार्नुपर्ने अनौठो चक्रव्यूह खडा गरेको छ । देशभित्रै जनता शरणार्थी बनेका छन् । विवेकका आँखा दिनदहाडै बन्द भएका छन्

छाडातन्त्रको पराकाष्टा इतिहासका पानामा प्रशस्त भेटिन्छ । राजेन्द्र विक्रमको पालामा दरबारको अवस्था भाँडिएको थियो । दरबारका केटी धाई सुसारेहरु पनि कसैको अदब नमानी छाडा भएर हिँड्थे । महारानीले जे भन्यो सोही हुने हुँदा भारदारहरुले द्वारे केटीहरु राखेर गुजरान गरेका थिए भनी रामभक्तले लेखेका छन् । अरु भारदार त यस्ता थिए भने स्वयं माथवरलाई अर्काकी युवती विधवा राखेको बात लागेको थियो । स्वयं महारानी पनि गगनसिंहसंग बसेकी छन् भन्ने चर्चा चलेको थियो । एकदिन एउटी सुसारे केटीले आफना प्रेमीको लागि एउटा सरकारी जंगी पद दिलाउने आदेश गराइछन् । केटीको स्वार्थ पूरा गर्न निर्दोषको पद खोसियो । यस कुराको विरोध देवीबहादुर कुँवरले गरे । उनी पनि महारानीका एक द्वारे केटीसंग फसेकाले उसबाट उनले महारानी र गगनसिंह बीचका अनुचित सम्बन्धका सम्पूर्ण गुप्त कुरा सुनिराखेका थिए ।

अन्यायको कुराले रुष्ट उसले यही झोंकमा महारानीको रहस्य सार्वजनिक गरिदिए । यही अभियोगमा उनी काटिए ।
मरेर कहाँ पुगिन्छ ? स्वर्ग, नर्क हुन्छ कि हुँदैन ? त्यो त कसैलाई थाहा छैन् । तर अनुचित कर्म गर्नेहरु नमरी यहीँ दिउँसै तारा देख्ने अवस्थामा पुग्छन् । जप, तप र पवित्र आत्माले नै मानिस मुक्तिको भागिदार बन्न सक्छ । विश्व विख्यात सुन्दरी मर्लिन मुनरोको प्रेतात्माले उनी मर्नुअघिको मनोविज्ञानबारे रहस्य सार्वजनिक भएको छ । प्रेतात्मा मार्पmत आएको मुनरोको भनाइ यस्तो छ– ‘जब म मरें त्यतिबेला अत्यन्त दुखी थिएँ । अहिले भने म खुसी छु । मलाई पाँच वर्ष पहिले नै मेरो मृत्युका बारेमा जानकारी थियो । मैले मर्नुभन्दा पहिले नै मेरो मृतात्मालाई सपनामा देखेको थिएँ ।

उनी एक सुरम्य पहाडमा उभिएर मलाई बोलाइरहेकी थिइन । मेरो जीवनमा अनेकौं वाधा, व्यवधान र पीडा आइपरेका थिए । म ती सवैलाई पन्छाएर बाँच्न चाहान्थें । अन्य कुनै त्यस्तो कारण नभएर आफैले आफैलाई नियन्त्रण गर्न नसकेर आत्महत्या गरेकी थिएँ ।’
क्रोधले बुद्धि, अहंकारले ज्ञान, चिन्ताले आयु, लोभले इमान, घुसले इन्साफ, प्रायश्चितले पाप, याचनाले स्वाभिमान र अकर्मण्यताले भविष्य सिध्याउँछ । त्यसैले अरुका लागि हैन, आफ्नै अन्तरचक्षुको अग्निपरीक्षामा खरो उत्रिनेहरु कहिल्यै पराजय हुँदैनन् ।
[email protected]