सात मुलुकले तोडे कतारसँगको कूटनीतिक सम्बन्ध, कतारको विमानलाई समेत प्रतिबन्ध

काठमाडौं, इजिप्ट र साउदी अरबले कतारको बिमानलाई आफनो हवाई मार्ग प्रयोग गर्नमा प्रतिबन्ध लगाएका छन् । क्षेत्रीय स्थिरतालाई खलल पुर्‍याएको आरोपमा सोमबार कतारसँगको सम्बन्ध तोड्ने सात मुलुक मध्येका इजिप्ट र साउदी अरवले कतारको विमानलाई आफ्नो हवाई मार्ग प्रयोगमा प्रतिबन्ध लगाएका हुन् ।

यस्तै, साउदी अरब, युएई, इजिप्ट र बहराइनले कतारलाई हवाई, जमीन र समुद्री मार्गमा समते रोक लगाएका छन् । यद्दपी साउदी अरबियाले हज यात्रीका लागि कुनै प्रतिबन्ध नलगाउने जनाएको छ । माल्दिभ्सले पनि कतारसँगको सीमा बन्द गरेको जनाएको छ ।

आतंककारी र अतिवादीको खतराबाट मुलुकको राष्ट्रिय सुरक्षालाई जोगाउन यस्तो कदम चालिएको कतारमाथि प्रतिवन्ध लगाउने मुलुकहरुको दाबी छ ।

संयुक्त अरब इमिरेट्सले आतंकवाद, अतिवादी एवं पृथकतावादी संगठनलाई समर्थन, सहयोग गरेको आरोप लगाउँदै आफ्नो मुलुकमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घण्टा भित्र मुलुक छाड्न आदेश दिएको छ ।