कीर्तिमानी उपाधिपछि रोनाल्डोले भने- ‘जवान’ महशुस गर्दैछु

काठमाडौं, रियल मड्रिडलाई कीर्तिमानी १२औं पटक युरोपको उत्कृष्ट क्लव बनाउनका लागि फाइनलमा दुई गोलको योगदान दिएपछि सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफूले ‘एक जवान केटो’ जस्तो महशुस गरेको प्रतिक्रिया दिएका छन् ।

यी पोर्चुगिज सुपरस्टारले युइइएफए म्यान अफ द म्याचको पुरस्कार सर एलेक्स फर्गुसनको हातबाट पाए, जसले १३ वर्षअघि किशोर अवस्थामै उनलाई व्यवसायिक फुटबलरका लागि अनुबन्ध गरेका थिए ।

क्लव र देशका लागि ६००औं गोल गरेपछि ३२ वर्षीय यी स्ट्राइकर आफू यति ताजा महशुस गर्छन कि जति युवा समयमा गर्दथे । ‘उमेर भनेको मात्र नम्बर हो, म अहिले पनि आफूलाई जवान महशुस गरिरहेको छ ।’ रोनाल्डोले भने ।

‘यो अर्कोे एउटा महान सिजन हो । र मेरा लागि एक अविश्वसनीय, हामीले डवल टाइटल जित्यौं ।’ (ला लिगा र च्याम्पियन्स लिग) कार्डिफमा सम्पन्न फाइनलमा रोनाल्डोले रियललाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यसको सात मिनेटपछि नै मारियो माञ्जुकिजले शानदार गोल गर्दैै बराबरी गरेका थिए ।

‘युभेन्टसले पहिलो हाफमा शानदार खेल प्रदर्शन गर्‍यो, तर दोस्रो हाफमा हामी निक्कै हावी भयौं र मेरो बिचारमा यो सिजन हाम्रो राम्रो पक्ष भनेकै यहि रहृयो ।’ रोनाल्डोले भने । ‘च्याम्पियन्स लिग जित्नु सहज पक्कै छैन । बिशेष गरी युभेन्टसजस्तो टोलीसँग जो फाइनलसम्म आउँदा मात्र ३ गोल खाएको थियो ।’