नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति
प्रकासित मिति : २०७४ जेष्ठ २१, आईतवार ०१:११
प्रकासित समय : ०१:११
काठमाण्डौ,राष्ट्रिय प्राथमिकता प्राप्त विकास आयोजना निर्माणका लागि नौ महिनामा एक लाखभन्दा धेरै रुख काट्न अनुमति प्रदान गरिएको छ । जलविद्युत्त, सडक, खानेपानी, रेलवे, सिँचाइलगायतका आयोजना निर्माणका लागि भन्दै सरकारले १ लाख १० हजार ४ सय ८० वटा रुख काट्न अनुमति दिइएको वन तथा भू–संरक्षण मन्त्रालयले जनाएको छ । यो ०७४ भदौदेखि ०७५ वैशाखसम्ममा काट्न अनुमति दिइएको रुखको संख्या हो ।
सबैभन्दा धेरै जलविद्युत्त क्षेत्रमा ५४ हजार ४ सय ३१ रुख काट्न स्वीकृति प्रदान गरिएको मन्त्रालयका प्रवक्ता धनन्जय पौलेलले बताए ।
रेलमार्गका लागि ११ हजार १ सय २३, सडक क्षेत्रमा ७ हजार २ सय ५९ र खानेपानीका लागि २ हजार ८ सय ९२ वटा रुख काट्न अनुमति दिइएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।