देउवालाई ओलीलकाे गनगन– संसदीय प्रक्रियाबिरुद्ध गएर प्रधानमन्त्रीको निर्वाचन नगर्दा जाती

काठमाडौं, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदीय प्रक्रिया र पद्यति विपरित गएर प्रधानमन्त्रीको निर्वाचन नगर्न कांग्रेस सभापति शेरबहादुर देउवालाई सझुाव दिएका छन् ।

आइतबार हुने भनिएको प्रधानमन्त्री निर्वाचनका देउवा एकमात्र उम्मेद्वार हुन् । प्रधानमन्त्रीको उम्मेद्वारमा मनोनयन दर्ता गराएपछि संसद खुलाएर निर्वाचनका लागि सहयोगको आग्रह गर्न बालकोट पुगेका देउवालाई ओलीले त्यसमा सहयोग गर्न नसक्ने जबाफ दिएका हुन् ।

सरकार गठनका लागि राष्टपति बिद्यादेबी भण्डारीको पत्रसमेत संसदमा प्रस्तुत हुन नसकेको अवस्थामा सरकार गठन प्रक्रिया अघि बढ्न नसक्ने एमालेले जनाएको छ । आफ्ना निकट सहयोग बिमलेन्द्र निधिलाई दिएर भेट गर्न पुगेका देउवालाई ओलीले भरतपुर महानगरपालिकामा पुन मतदान गर्ने आयोगको निर्णय दुर्भाग्यपूर्ण र दुरगामी नकरात्मक निर्णय भएको बताएका थिए ।

त्यसमा नेपाली कांग्रेसको भूमिकालाई लिएर समेत ओलीले असन्तुष्टी राखेका थिए । करिव दुईघण्टा भएको वार्तामा देउवाले संसदको अवरोध अन्त्य गर्न आग्रह गरेका थिए । उनले प्रधानमन्त्रीको निर्वाचनमा समेत सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए ।