एक संघर्षशील जनगायकको रामकहानी,स्वरका खानी तर नखुल्ने बानी

 झट हेर्दा लक्का जवान अनि साधारण जिवनशैली त्यत्तिकै बिनम्र पनि आफुलाई जहिले पूर्ण नै ठान्ने कलाकारको परम्परागत रोग घमण्ड उनलाई कत्ति नै छोएको छैन । सर्लक्क हेर्दा अपत्यारिलो  र हाँसीला लाग्ने रमण थामी एक शसक्त प्रगतिशिल जनगायककाे नाम हाे ।  २०४२ साल साउन १४ गते बाबा अहिमान थामी र आमा रहरमाया थामीको कोखबाट दोलखाकाे लापिलाङ्ग गाविस हालको कालिन्चोक गापा वाड नंवर ६ मा जन्मीएका थामी  सानैदेखी संगितप्रति निक्कै नै रुचि राख्थे । कतै गित र मादल स्वर सुन्नै नहुने पुगिहाल्थे  गाउँमै रहँदा क्लबहरू स्कूलहरुमा नृत्य र गायनमा सहभागी भएर विभिन्न कार्यक्रममा भाग लिईरहन्थे।

गाउँटोल स्कुलहरुमा अन्तर समूह,अन्तर स्कूल स्तरिय कार्यक्रमहरुमा जहिले नै स्थान हात पार्थे। मिजासिलो स्वभाव पराेपकारी मन भएका थामी सबैका आत्मिय र प्रिय पात्र थिए। सानोमा खुब चन्चले थिए । थामी भन्छन चन्चले उमेरमा पनि झगडा भन्ने सायदै हुन्थ्यो। उमेरको पाईला एकपछि अृकाे ढंगले लम्किदै गर्दा देशको मोडपनि नयाँ स्थानमा पुगिरहेको थियो। गाउँ बस्तीटोल छिमेकी सबैतिर नयाँ राजनीति जग बस्दैथियो त्यहि प्रभाव बालापनबाट यूवाअबस्थामा लम्किदै गरेको जोशिलो यूवाको दिमागमा प्रभाब नपर्ने कुरै थिएन।

त्यहि जल्दोबल्दो राजनीति प्रभावका कारण वालक्लबमा आबध्द हुदै २०५७ साल जेष्ठ ५ गते माओवादी आन्दोलनमा समाहित भए। आन्दोलनको आबश्यकतालाई कहिलै नकार्ने थामी तत्कालीन आफ्नो ब्यक्तिगत ईच्छा जनमुक्ति सेना भएर बर्ग दुश्मनसॅग लड्ने रहेको बताउँछन। तर सानैदेखि संगितप्रति लगाव भएका कारण जनयुद्धमा पनि सांगितिक मोर्चाको उत्तिकै भुमिका हुने भएकाले उनको दक्षता सांगीतिक फाँटमा नै देखियो र जनकलाकार टिममा राखियो त्यो उनको भुमिगत जिबनपछीको पहिलो संगठित टिम जसको नाम गौरीशंकर जनसांस्कृतिक परिवार थियो ।

उनकाे संगित यात्राको थालनी  नृत्य बिधावाट भएको थियो हेर्दै जोशिलो जिउडाल मिलेको कम्मर लरक्क पार्ने रुप पनि के कम मंगोलियनको छोरो गालापनि पुक्क परेको उनकाे नृत्य पनि खुब लाेभ लाग्दाे थियाे । बिस्तारै उनलार्इ गायक बन्ने रहर जाग्याे अन्तत गायन क्षेत्रलाई समाले।

 स्वरका खानी तर नखुल्ने बानी 

नृत्य बिधाबाट प्रारम्भ गरेपनि प्रकृतिले दिएको बरदानले उछिन्यो र मुख्य विधा गायनलाई स्थापित गर्दै आफ्नो समधुर गलालाई परिमार्जन परिस्कृत गर्दै हाल निकै आशा र सम्भावनाको मझेरीमा उभिएका छन। जनयुद्धको बिकास क्रमसॅगै जिल्ला स्तरीय गौरिसंकर जनसाॅस्कृतिक टिमबाट क्षेत्रिय सैलुङ्ग जनसांस्कृतिक टिममा बढुवा भए। पछी उपत्यकामा रहेको शेनच्याङ्ग जन सांस्कृतिक परिवारमा रहेर काम गरे।उनकाे राजनितिक जिवनकाे उतारचडाब पनि त्यस्तै रहयाे ।

सांगठानिक रुपमा साॅस्कृतिक कम्पनी निर्माण पछी प्लाटुन कमाण्डर हुँदै कम्पनी सहायक कमाण्डर सम्म रहेर आफ्नो नेतृत्वदायी भुमिकालाई पनि कुशलतापूर्वक बहन गरे। जनयुद्धको घनिभूत मोडमा धेरै ठाउँमा तत्कालीन शाहीसेनासॅग जम्काभेट,कार्यक्रम गर्दागर्दै घेराबन्दी,सेल्टरहरुमा छापा परेको घटना सम्झिदा उनि तिन छक पर्छन ।भन्छन अहिले जस्तो लाग्छ । गित गाउँदागाउँदै भागियो,खाना खाँदा खाँदै थालै छोडेर दौडियो,आफ्नै छेउमा उभिएको साथीलाई गुमाएर कसरी बाॅचियो अचम्म लाग्छ अचेल आफैले भोगेको भोगाई पनि भन्ने गर्छन। जनयुद्धमा लाईभ कार्यक्रममा सयौं जनबादी गित गाएर पार्टी मै चर्चा बटुलेका गायक थामी ०६२/६३ को जनआन्दोलनमा पनि चोक चोकमा जनबादी गितहरु गायर आन्दोलनकारी लाई उर्जाशील बनाउन उत्तिकै भुमिका निर्वाह गरे ।

जुन गितले चर्चामा पुर्यायाे थामीलार्इ

शान्ति प्रक्रियाको थालनी पछी सेनच्याङ्ग जनसाॅस्कृतिक परिवारको पहिलो एल्बममा कम्युनिस्ट क्रान्तिकारीहरुको प्रेम र बिबाहमा आधारित क.छिन्ताङको रचना,चन्द्र अधिकारीको संगित,रमण थामी र निर्मला घिर्सिङ्गको यूगल आवाजमा:-

तिमी झन आगो बन्नु लक्ष्य नै पुग्दै म ढलेछु भने
तिमी झन चट्टान बन्नु बाजको पन्जामा परेछु भने
संसार बदल्ने यो महान यात्रा भुलेर घात गरेछु भने
जन्ताको बिचमा खाएको कसम तोडेर ज्यूदै मरेछु भने
तिमी झन शाहसी भै बड्नु शहीदको रगत सम्झेर अनी
तिमी झन भेल तर्नु लाखौं चुनौति शहेर पनि
साथै रहन्छौ तब सम्म हामी जब सम्म यो आस्था ज्यूँदो रहन्छ
छोडिन्छौ फुटेको ऐना सरी जुन पल कुनै एकले बाटो बिताउँछ
तिमी एक मनले अघि बढ्नु यो आस्था मैले बिराए भने
तिमी झन शिखर चढ्नु मैले यो यूगको भारी बिसाए भने ।।

पहिलोपटक डिजिटल स्टुडियोको माईक्रोफोनमा यो गित निर्मलासँगै गाए। यो गित क्रान्तिकारी आन्दोलनमा यति चर्चाको चुलिमा पुग्यो कि देशबिदेश देखिमुक्ति योद्धाकोहरुका जनबादी बिबाहमा यहि गित घन्किन्थ्यो र बिबाहको बेला शुभकामना तथा प्रतिबद्धताको रुपमा यो बजाईन्थ्यो। प्रत्येकको मुखमा झुण्डिएको थियो। सयौ गितहरु गाउदै बस्ति,टोल,चोक,बजार, देशका शहर देखि छिमेकी देश भारत सम्म हुने कार्यक्रममा धेरै पटक सरिक भएर आफ्नो गायन क्षमतालाई जन समक्ष प्रस्तुत गरेका छन। बिशेषतः जनबादी आन्दोलनबाट कलाकारितामा छिरेकाले थामी जन्तालाई संगठित गर्न देशलाई परिबर्तनको मार्गमा डोर्याउन उनको कला खर्चिएको देखिन्छ।

थामीलार्इ दुर्इलाइन संघर्षकाे प्रभाव 

माओबादी शान्ति प्रक्रियामा झरेपछि पार्टी भित्र दुईलाइन संघर्ष चल्यो अन्ततः पार्टी बिभाजन पुगेपछि बैध्य नेतृत्वको नेकपा- माओवादीमा लागेर केन्द्रीय टोली सामानमा रहे देशका बिभिन्न भुभागमा जनसंगित मार्फत आफ्नो कलालाई जनसेबा मै खर्चिए। पछि पुनः बैध्य र बिप्लव बिचमा पनि बिभाजन आएपछी बिप्लव तिर लागेको बताउँछन् । क्रान्तिको एजेन्डा अझै बाँकी छन पुरा भएका छैनन् यस पार्टीले पुरा गर्छ भन्ने बिश्वासले यता लागेको बताउछन। तर म पार्टीमा पूर्णकालीन छैन समर्थक जस्तो मात्र भएको छु किनकी मेरो बसाई काठमाण्डौंमा भएकाले बस्न उठ्न र हिड्नै गार्हो छ त्यसैले आफ्नो कलालाई ब्यबसायिकतामा बदल्नु पर्ने बिबशता रहेको बताउछन। जनबादी गितहरुमा राजु लामाको शब्द सरगम थपलियाको संगीतमा “आँशुको घुट्का पिउदै”,माईला लामाको शब्द संगीतमा “अर्को अभियान सुरु हुदैछ”,भरत लामाको शब्द संगीतमा “को बन्छ तिमी मर्यो भने” “र रुनु हुन्न जुनेली दिदी”, खुशिराम पाख्रिनको तामाङ्ग सेलो “ताम ड्यानो ताम ड्यानो” त्यस्तै बिभिन्न कलाकारहरु रचना संगितमा रहेका गितहरु जस्तै :-“देशको माया”, “कम्युनिस्ट “, “आउ प्रिय शान्ति तिमी“, “तामाकोशीको तिरै तिर”, ” दियो जस्तै बल्थ्यो”, “देश सम्झेर” , “आउछन् यादहरु” , ” हाम्रो आस्थाको शिखर” , “साथ देउ” , “नयाँ नेपाल” ,”हाम्री आमा”, होशियार दलालहरु” ,”यूबाहरु हो” , “जालमा पारी ति दुष्टले” आदी इत्यादी सयौ जनबादी गितहरुमा स्वर दिएको त्यस्तै लेखक तथा साहित्यकार कृष्ण केसी,कुशल बोगटी,लोकेश बिश्वकर्मा र स्वर्णिम शाहीका गितहरुमा समेत आफ्नो आवाज दिएको बताउछन।

आफै गित लेख्ने संगीत भर्ने र आफै गाउने गरेका पनि छन। शास्त्रीय रुपमा संगीतको पाठ सरगम थपलियाबाट सुरु गरेर भरत लामा,चन्द्र अधिकारी,अर्जुन पोखरेल,गुरुदेव कामद,डा.किरात सम्मका संगित गुरुहरुबाट संगित शिक्षा लिएको बताउँछन् । बिशेषतः भरत लामा बाट लामो समय गित संगित र शास्त्रीय गायन सम्बन्धमा ज्ञान पाएको उहाँ भरत सरको मेरो प्रगतिमा अब्बल भुमिका रहेको बताउँछन् ।

ब्यवसायीकतामा थामी

जनबादी आन्दोलनमा लागेर धेरै सिक्ने,बुझ्ने र आफै बदलिने अबसर पाएकोमा खुसी नै छु। तर देशकै सेवा गर्दा गर्दै आफु कंगाल भएको पनि पत्तै भएनछ। हेर्दा हेर्दै आफ्नै सहपाठी साथीभाइको जिबन शैली फेरिएको उनि हिजोकै धनिमानी सन्तान हुनकी जस्तो लाग्न थाल्यो तर आफुले जानेको सिकेको ज्ञान सधैं देशकै लागि मात्र अर्पिएको ले ब्यक्तीगत जिबन निकै कष्टकर रहेको अनुभूति गरेर गायन बिधालाई ब्याबसायिकतामा ढाल्नु ब्याबहारिकता हुने देखेर ब्याबसायिक कलाकारपनि बनेको छु भन्छन। त्यसैले पछिल्लो चरणमा :- “गंगा तालपानि”, “जुन देख्यो जुनै राम्रो” ,”अन्तै माया” , “बैगुनीले छोडेपछी” र “हृदयमा टासिएको” जस्ता गित रेकर्ड गरेको छु यिनले राम्रो बजार लिईरहेको छ। अझै बिभिन्न गितकै तयारीमा छु त्यस्तै दशैं तिहार बिशेष गित पनि गाएको छु “आयो दशै” यस गितले धेरै बजार पायो यूटुबमा पनि धेरै भेर्ज लियो।

अबत फिल्मी गितहरुमा पनि अफर आईरहेको छ समय मिलाएर त्यसमा पनि स्वर दिनेछु। गित संगित गरेर पनि आफ्नो जिबन जिउन सकिन्छ भन्ने आत्मविश्वास पाइसकेको छु। यस स्थानमा पुर्याउन मेरा गाउँका सिनियर दाईहरुको र आमा बाबाको भुमिका पनि उत्तिकै रहेकाले उहाँलाई कहिल्यै बिर्सिने छैन भन्छन। उनिभित्र ईमान्दारिता,लगनशिलता,मेहनती,र प्रकृतिले दिएको सुमधुर गला छ त्यसैले एक दिन राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्ने कलाकार भनेर चिनिने कुरामा कुनै संका छैन। यदि उनलाई चिनेको थिएँ भने त्यही मिठो समधुर आवाजले नै रमण थामी भनेर चिनेको थिएँ ।

उनको स्वर सुनेपछि उनिबाट प्रभावित नहुने मान्छे नै छैन,उनले लेखेको गित र संगित सुनेपछी मख्ख नहुने पात्र नै छैन, उनको ब्यबहार देखि पछी समिप नहुने ब्यक्ति नै छैन यि सबै बहु गुणका ऐश्वर्य रमण थामी निपत्यमा होईन रियल लाईफमा करौडौ दर्शक र जनताको माझमा निकट भविष्यमै आउनेछन। उनि एउटा सामान्य नागरिक होइनन् बिशेष क्षमताले भरिपूर्ण देशकै लागी चाहिने ब्यक्तित्व हुन। आगामी यात्रा घिसेपिठे र मात्रात्मक रुपमा होइन गुणात्मक छलाङ्गमा एक सुपरित कलाकार भएर उभिनेछन भन्ने पूर्ण आशा सजाएको छु।

प्रस्तुती:- स्वर्णिम शाही