देउवाले बोलाएको बैठक छाडेर राजपा नेताहरु सुटुक्क भारतीय दूतावासमा
प्रकासित मिति : २०७४ जेष्ठ १६, मंगलवार ०६:२९
प्रकासित समय : ०६:२९
काठमाडौं,राष्ट्रिय जनता पार्टीका नेताहरु मंगलबार बिहानै भारतीय दूताबास पुगेका छन् । सरकारले स्थानीय तह निर्वाचनको मिति सार्दा पनि चुनावमा जान आनाकानी गरिरहेका बेला राजपा नेताहरु लैनचौर पुगेका हुन् ।
राजपानिकट स्रोतका अनुसार नेताहरु मंगलबार बिहान ९ बजे दूताबास पुगेका थिए । दूताबास गएका कारण सहमतीय सरकार गठनबारे छलफल गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा राजपाका शीर्ष नेताहरु अनुपस्थित रहे ।
संसद भवनमा बसेको बैठकमा राजपाका लक्ष्मणलाल कर्ण, नरसिंह चौधरी र डिम्पलकुमारी झा मात्रै उपस्थित थिए । अध्यक्ष मण्डलका सदस्यहरु भने उपस्थित भएनन् । उनीहरु दूताबासको बैठकमा गएका थिए । यद्यपि दूताबासमा के छलफल भयो भन्ने नेताहरुले बताएका छैनन् ।