गच्छादार र उपेन्द्रले ठाकुरलाई टेरेनन् !

काठमाडौं ,राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका छन् ।

संयोजक ठाकुरले विहिबार यादव र गच्छादारसंग भएको बैठकमा यस्तो प्रस्ताव गरेका हुन् ।

बैठकमा ठाकुरले तीन वटा पार्टी मिलेर आन्दोलनमा गए आन्दोलन सशक्त हुने र सरकारले बाध्य भएर मधेसको मुद्धा सम्बोधन गर्ने बताएका थिए, यो खबर आजको नागरिक दैनिकमा छ ।