सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी
प्रकासित मिति : २०७४ जेष्ठ १२, शुक्रबार ००:२०
प्रकासित समय : ००:२०
काठमाडौं ,केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ ।
सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम स्वभाविक रुपमा बढ्ने भएकाले गर्मी घट्न मनसुन नै कुर्नुपर्ने बरिष्ठ मौसमविद मणिरत्न शाक्य बताउँछन् ।
उनले भने, ‘मनसुन सुरु हुन एक–डेढ हप्ताअघि प्राय केही बढी नै गर्मी हुन्छ, अहिले प्रि–मनसुनको समय भएकाले गर्मी बढ्नु स्वभाविक प्रक्रिया हो ।’