वैद्य समूहलार्इ चुनाव ‘निल्नु र ओकल्नु’

काठमाडौं । दोस्रो संबिधान सभालाई बहिस्कार गरेको तथा त्यहि बहिस्कार गरेको संबिधान सभाले बनाएको संबिधान कार्यान्ययन गर्नको लागि आयोजना गरिएको स्थानिय निकाय चुनावको कारण आजभोली क्रान्तिकारी माओवादीमा यतिबेला मारामार भएको छ ।
पहिला राम्रै मत आउने अपेक्षा गरेको पार्टीमा एकाएक कममत आएको र जनताको चाहानामा संसदबादीहरुले फेरी हालीमुहाली गर्ने अबस्था आएको भन्दै स्थानीय निकायको निर्वाचनलाई क्रान्तिकारी उपयोगको नाममा भाग लिँने निर्णय गर्नेकाम वाईयात र गलत भएको उक्त पार्टी एक केन्द्रिय सदस्यले बताएका छन् ।

उनले भने वैद्यले चुनावमा भाग नलिउँ भन्दाभन्दै सिपि र परि थापा तथा रामसिंह श्रीस समूहको सानो झुण्डले चुनावमा भाग नलिए पार्टी फुट्न सक्ने दबाब दिएपछि चुनावम भाग लिएको वैद्य माओवादी अहिले मत परिणाममा देशैभरिबाट एक मेयर तथा एक गाउँ पालिकामा पनि नआउनु वैद्य माओवादीको लागि चुनाव प्रयोग गर्नु भनेको ‘निल्नु र ओकल्नु’ सावित भएको छ ।

धेरैजसो जिल्लामा वैद्य माओवादीले काँग्रेस र माओवादी केन्द्रको पैसा खाएर देजमोको उम्मेदवारलाई भोट नहाली काँग्रेस–माओवादी केन्द्र गठबन्धनका उम्मेदवारलाई जिताउन लागेको कुराले वैद्य माओवादीभित्र मारामार भएको छ । पछिल्लो समय पार्टीले समाजमा स्थापित व्यक्तिहरुलाई उम्मेदवार बनाउन नसक्नु पनि वैद्यको लागि पत्तासाफ बन्नु पर्यो ।

स्थानीय रुपमा कहिले नाम नसुनेका र गाउँमा बदनाम भएका पात्रलाई उम्मेदवार भएपछि नजित्नु स्वभाविक पनि थियो । एकातिर संबिधान सभाको निर्वाचनलाई बहिस्कार गर्ने र तर त्यहि संबिधान कार्यन्ययनको लागि गरिएको निर्वाचनमा भाग लिदाँ यस्तो अबस्था आएकोले अबको पार्टीको बैठकमा गम्भिर रुपमै बहस हुने क्रान्तिकारी माओवादीका नेताहरुले बताएका छन् ।